चट्याङ लागेर मृत्यु

1650

रौतहट । हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर आज बिहान  रौतहटमा एक जना युवकको मृत्यु भएको छ । 

चटयाङ लागि गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले बताए । 
महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए । आफन्तको घर बाट सौचगर्न खेततर्फ गएको बेला आज बिहान साढे ६ः०० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।
घटनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।