कृयाशिल पत्रकारलाई सदस्यता नपाए चुनाव नहुने :अध्यक्ष साह

744

रौतहट ११ चैत 
नेपाल पत्रकार महासंघ रौतहट सहित नेपालभरीको जिल्लामा चुनावको दिन नजिकदै आएको हो। रौतहट जिल्लामा बिगत ४-५ बर्ष देखि फिल्डमा खट्दै अाएको कृयाशिल पत्रकारलाई सदस्यता न दिनु दु:ख को कुरा हो।

नेपाल पत्रकार महासंघ रौतहटले गत चुनाव को बेला कृयाशिल पत्रकारहरुलाई सदस्यताको आश्वासन दिई पुणःह सदस्यताबाट बन्चित गरेको थियो।May be an image of 11 people, including रौतहट टाइम्स, Praveen Kumar, Lalan Kumar Chaurasiya Journalist, Bikrant Yadav, Ak Yadav and Raahi Chanchal, people standing, people sitting and road

यो बर्ष पनि सदस्यताको आश्वासन दिई कृयाशिल पत्रकारहरुलाई सदस्यता नदिई चुनावको अन्तिम नामवली सार्वजनिक गर्दा रौतहटका कृयाशिल पत्रकारहरु अान्दोलन बनेका छन्।

नेपाल पत्रकार महासंघ रौतहटले शाखाले बिगतको दिनमा कृयाशिल पत्रकारलाई सदस्यता नदिई गैर पत्रकारलाई सदस्ता दिदा कृयाशिल पत्रकारले बिरोध जनाएको थियो।

गत चुनावको बेला कृयाशिल पत्रकारले बिरोध जनाउँदा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारीले चुनाव पछि सदस्यता हुने आश्वासन दिनु भएको थियो।

तर यस बर्षमा पुणःह चुनावको मिति घोषणा हुँदा सम्म कृयाशिल पत्रकारलाई सदस्यता नहुँदा कृयाशिल पत्रकारहरु आन्दोलित भएका छन्।May be an image of 10 people, including Arbind Kumar Yadav, रौतहट टाइम्स, Praveen Kumar, Pramod Piya Sahani, Ak Yadav and Raahi Chanchal, people standing, people sitting, road and text that says 'नेपाल पत्रकार महासंघ रौतहटले क्रियाशि त्रकारहरु प्रति गरे निर्णय बिरुदु य Otel'

दर्जन भन्दा बढी कृयाशिल पत्रकारले चुनावको एजेन्डालाई बिरोध जनाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखा अगाडि धर्नामा बसेको थियो। कृयाशिल पत्रकारको धर्नामा एकबद्धता जनाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहले भने तपाईहरुको नाम सिफारिस भई सकेको थियो तर केही ब्यक्तिका कारण सदस्यता रोकियो।

तपाईंहरु नआतिनुस् तपाईंहरुको सदस्यता हुन्छ , कृयाशिल पत्रकारलाई सदस्यता नदिए चुनावनै नहुने मेरो प्रतिबद्धता हो। त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका सदस्य धर्मेन्द्र साहले कृयाशिल पत्रकारको अान्दोलन प्रती समर्थन जनाउँदै उहाँले भने बास्तवमा कृयाशिल पत्रकार साथीहरु संग यो बिभेदकारी हुँदैछ।कृयाशिल पत्रकारलाई बिगतको दिन सदस्ता नदिई गैर पत्रकारलाई सदस्यता दिनु कतै उचित छैन्। बास्तमा कृयाशिल पत्रकारलाई सदस्यता दिनैपर्छ।

कृयाशिल पत्रकारलाई चुनावकै बेला बारम्बार ठगियो तर यस पाली कृयाशिल पत्रकारलाई ठगिने कुरै हुँदैन्। यसपालि जसरी भए कृयाशिल पत्रकारलाई सदस्यता दिनै पर्नेछन्। त्यसतै कृयाशिल पत्रकारले भने सदस्यताको लागि पत्रकार महासंघका पदाधिकारीले अवाज न उठाए हाम्रो आन्दोलन चरनबद्ध हुने कृयाशिल पत्रकार संघ रौतहटले जनाएको हो।