‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता त्रिवेदीको निधन

91

एजेन्सी । रामायणमा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ । दूरदर्शनबाट प्रसारण हुने पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको मंगलबार राति निधन भएको हो।

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक रामायणमा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो। उनको उमेर ८३ वर्ष थियो। हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको ज्यान गएको बीबीसी लेखेको छ। उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । ‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक विक्रम और बेतालु मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।

यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय ‘रामायण’ मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।