मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु

291

रौतहट , ६ भदौ । मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ । रौतहटको कटहरिया स्थित आफैले चलाएको मोटरसाइकल दुर्घटना हुंदा एक जना विद्युत कर्मचारीको मृत्यु भएको हो । देवाही गोनाही नगरपालिका वडा नं—६ गोनाही गाउँ घर भएका २५ बर्षिय पप्पु पटेल आफैले चलाएको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटनाभै गएराती मृत्यु भएको हो । मौलापुर विद्युत प्राधिकरणमा करारमा रहेका फ्युजसेवाका कर्मचारी पटेल कटहरियाबाट घर जाने क्रममा गएराती करिब साढे ९ बजेको समयमा बलुवा गाउँ नजिक उनको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटना लगत्तै प्रहरीले अचेत अवस्थामा रहेका पटेललाई उपचारको लागि कटहरिया स्थित एउटा क्लिनिकमा लैजांदा डाक्टरले मृत घोषणा गरेको प्रहरी जवान धिरेन्द्र यादवले बताएका छन । मृतक पटेलको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिएका छन ।