जिल्ला अस्पताल गौरका सेरेमोनियल सुचना अधिकारी राउतले दिए राजिनामा।

320

अमित ठाकुर।रौतहट।असार २६। जिल्ला अस्पताल गौरका सुचना अधिकारीले राजिनामा दिएको हो। जिल्ला अस्पताल गौरका मेडिकल रेकर्डर निरीक्षकमा कार्यरत रहेको राज किशोर राउतले बिगत १ बर्ष देखि सुचना अधिकारी पदको थप जिम्मेवारी बाहन गर्दै आएको थियो। नामको लागि मात्र रहेको सुचना अधिकारी म रहन नसक्ने भन्दै मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साहलाई राजिनामा पत्र दिएको मेडिकल रेकर्डर निरीक्षक राउतले जनाएको हो। जिल्ला अस्पताल गौरमा सुचना प्रवाहका लागि सम्बन्धित फाँटले मलाई कुनै कागजात उपलब्ध नगराउदा सेरेमोनियल भएर बस्न नसक्ने भन्दै मैले राजिनामा दिएको मेडिकल रेकर्डर निरीक्षक राउतले जनाएको हो। जिल्ला अस्पताल गौरमा संचारकर्मी अमित ठाकुरले समाचार प्रयोजनका लागि सुचनाको हक सम्बन्धि निवेदन दर्ता गराए लगत्तै विभिन्न शिर्षकमा मागेको कागजात सम्बन्धित फाँटबाला देखि मेडिकल सुपरिटेन्डेन्ट डा.साहलाई पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित कागजात उपलब्ध नगराएको भन्दै राजिनामा दिएको मेडिकल रेकर्डर निरीक्षक राउतले जनाएको हो। जिल्ला अस्पताल गौरमा भ्रष्टाचारको सिमा पार गरेता पनि सम्बन्धित निकायको ध्यानाकर्षण अहिले सम्म नभएको स्थानीयहरुले आरोप लगाएको हो। सुचनाको हक आम नागरिकको मौलिक हक रहेको नेपालको संबिधानमै उल्लेख रहदा जिल्ला अस्पताल गौरले भ्रष्टाचार लुकाउन नाना थरीका कदम चालेको बिझिएको हो । जिल्ला अस्पताल गौरमा दक्ष जनशक्ति नरहेको नाउँमा बजेट हिनामिना भएको स्थानीयहरुले आरोप लगाएको हो। जोखिम भत्ता बुझ्नमा लाखौं रुपैयाँ खर्चेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.साह अहिले उपचार कम अनियमितता धेरै गरेको स्थानीयहरुले आरोप लगाएको हो। विभिन्न ७ बुन्दा राखि गत जेठ ३० गते सुचनाको हक निवेदन दर्ता गराएको थिए। १५ दिन बितिसक्दा पनि सो निवेदनको कुनै टुंगो नलाग्दा असार १६ गते अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा.साह समक्ष दफा ९ अनुसार अर्को सुचना दर्ता गराएको थिए। सो सुचनाको पनि मेडिकल सुपरिटेन्डेन्ट डा.साह कुनै टुंगो नलगाई पहिलो बुन्दाको मात्र सुचना उपलब्ध गराए पछि बाँकी बुन्दाको सुचना खोइ सोद्धा यति मात्र उपलब्ध गराएको पुर्व सुचना अधिकारी राउतले बताए। विभिन्न बुन्दाको सुचना जिल्ला अस्पताल गौरले सुचना लुकाउँदा अस्पतालमा भ्रष्टाचार मौलाएको स्थानीयहरुले आरोप लगाएको हो।