रौतहटको गौर र गढीमाई नगरपालिकाको नगर अधिवेशन सम्पन्न

474

रौतहट ९ असार ।। गौर नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न भएको छ । अगामी आर्थिक बर्ष २०७८/०७९ मा गरिने कार्यहरुको निती तथा कार्यक्रम प्रस्तुत गर्र्नुका साथै ४६ करोड ३४ लाख ५ हजार बराबरको पुंजिगत र चालु खर्चको अनुमानीत बजेट मेयर अजयकुमार गुप्ताले प्रस्तुत गरेका छन् । त्यसैगरी गढीमाई नगरपालिकाको सातौ नगर सभा बुधबार सम्पन्न भएको छ ।
गढीमाई नगरपालिकाको कार्यालय समनपुरमा सम्पन्न्न सो नगर अगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ५० करोड ९८ लाख १५ हजार रकम विनियोजन गरेको हो । नगर सभाले आर्थिक बर्ष ०७८/०७९ को लागि कुल बजेटको चालु तर्फ २९ करोड ३२ लाख ३८ हजार र पुंजिगत तर्फ २१ करोड ६५ लाख ७७ हजार बिनियोजन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकार दिए ।
सातौ नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले स्थानीय सरकार आफैमा एउटा सवल सरकार रहेको हुँदा जनताहरुलाई चाहिने आधारभुत आवश्यक्ता एवं विकासको पूर्वाधारलाई केन्द्रविन्दु बनाएर बाँकी रहेको कार्यहरु आउदो आर्थिक बर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
सोही अनुरुप निति तथा कार्यक्रमको साथै नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने विश्वास व्यक्त गरे । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।

गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादव