महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय

448

रौतहट । रौतहटमै भएको पहिलो अन्तर जिल्ला महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय भएको छ ।

महिला सशक्तीकरण र रौतहटमा महिला क्रिकेटको प्रवर्द्धनको लागि रौतहट क्रिकेट संघको आयोजनामा भएको सो मैत्रीपुर्ण खेलमा आइबिए क्रिकेट टिमले बारा क्रिकेट टिमलाइ ४ विकेट गुमाएर लक्ष्य हासिल गरेका थिए ।

टस जित्तदै आइबिए क्रिकेट टिमले फिल्डिङ रोजेको थियोे भने बारा क्रिकेट टिम बैटिगङमा उत्रेको थियो । खेल को सुरुमा बाराको ओपनरमा उत्रेकि अलिसा यादव र साना प्रवीणले ३० रनको साझेदारी गरेकि थिइन् ।

उनिहरुको साझेदारीलाइ आइबिए कि क्याप्टेन गुडि गिरिको बलमा चादनि यादवले क्याच लिएपछि खेलमा नंया परिवर्तन देखिएको थिए ।
जम्मा १२ ओभरको खेलमा ९ विकेटको छतिमा बारा को टिम ६५ रनमा सिमित हुन पुग्यो ।

जवाफी ६५ रनको टार्गेट पछयाउदौ ११ ओभरमा नै आइबिए क्रिकेट रौतहटले जित हासिल गरेको थियो ।

आइबिए क्रिकेट टिमको तर्फबाट उत्तकृस्ट बलिङग गरेकि हेमा पटेलले २ विकेट , गुडि गिरि २ विकेट, दिपा साह २ विकेट, आकन्छा यादवले तिन विकेट लिएका थिए ।

सो महिला मैत्रीपुर्ण खेलको उदघाट्न रौतहट क्रिकेट संघका अध्यक्ष पवन गुप्ताले गरेका थिए । उदघाट्न कार्यक्रममा अध्यक्ष गुप्ताले दुबै टिमका खेलाडीहरुलाइ फुलको मला र टिका लगाउदै शुभकामना दिएका थिए ।

सो खेलमा रौतहट क्रिकेट संघ उपाध्यक्ष मनोज शर्मा, सचीव प्रमोद साह, कोषका अध्यक्ष बिक्रम नेपाल, सदस्य उत्तम भट्टराई, सदस्य जितेन्द्र भर्ती, नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठ, रौतहट टुडेका प्रकाशक जितेन्द्र कुमार दास, आइबिएका प्रअ सन्तोष पौडेल लगायत हजारौं दर्शक बिच खेल सम्पन्न भएको थियोे । सो खेल आइ बि य बिद्यालय को आर्थिक सहयोगमा मा सप्पन्न भएको थियो। सो खेल ले आफु हरुलाइ थप हौसला मिलेको कुरा आइ बि ए कि कप्तान गुडि गिरि ले बताइन। तेसैगरि आइ बि ए का प्र अ सन्तोष पौडेलले सबैलाइ धन्यवाद दिदै खुसि व्यक्त गरेका थिए ।