घाँटीमा डोरीले बाँधेर भुईमा लडाए अनि खुकुरी हाने

190

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ वषिर्य साहिद हुसेनको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोहि वडाका २५ वर्षिय कियामुदिन मंसुरी, अमर मिया हुसैन हजाम र आबेदिन मियालाई पक्राउ गरेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए । हत्यामा प्रयोग गरिएको खुकुरी समेत फेला परेको र अभियुक्तहरुले हत्या स्वाीकर गरेको प्रहरी उपरिक्षक शाहीले जानकारी दिए ।

जग्गा सबन्धी विवाद, रिसइवी र प्रेम सम्बन्धको कारण हत्या गरेको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।

यस्तो छ घटना विवरण

११ फागुनमा साहिद हुसेन हराएका थिए । उनका अभिभावकले फागुन १३ गते जिल्ला प्रहरी कार्यलयमा खोजतलाश गरि पाउ भनि निवेदन दिएको प्रहरीले जनाएको छ । प्रहरीले हुलिया सहितको देश भरिको प्रहरी युनिटमा खवर गरेको थियो ।
प्रहरी नायव उपरिक्षक गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको । अनुसन्धानको क्रममा प्रहरीले ५० जना भन्दा बढिसँग सोधपुछ समेत गरेको थियो ।

अनुसन्धानकै क्रममा फागुन २८ गते जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर १० बेहरा स्थित फयाकट्रीहरुको फोहर फाल्ने डपिङ्ग साईटमा सडेगलेको अवस्थामा हुसेनको शब फेला परेको थियो ।

प्रहरीका अनुसार हत्या गर्ने योजना अनुसार अभियुक्त अफसान भन्ने अमर हुसेन मियाँ हजामले गाँजा खान जाऊँ भनि मृतकलाई साथमा लिएर घटनास्थल गएका थिए ।

घटनास्थल पुगेपछि आबेदिनले साथमा लगेको डोरी कियामुदीनलाई दिए भने कियामुदिनले मृतकको घाटीमा कसेर लडाए त्यसपछि आबेदिन र अफसानले घाँटी थिचर मारेका थिए ।

जब साहिदलाई घाँटीमा कसेर भुईमा लडाए । सास बाँकी छ कि भन्दै आबेदिनले टाउकोमा ढुङ्गाले हाने । तत्कालै कियामुदीनले खुकुरी निकाले र खुट्टा, कम्मर र ढाडमा प्रहार गरे अनि घिसार्दै नजिकै रहेको खाल्टोमा लगेर पुरे ।