स्रोत नखुलेको ८ लाख सहित एक युवा पक्राउ

270

रौतहट २१ पुष । रौतहट प्रहरीले स्रोत नखुलेको ८ लाख सहित रौतहट एक युवालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ स्थित खजानीमा बस्ने १७ वर्षीय धिरेन्द्र साहलाई मंगलबार पक्राउ गरेका हुन ।

भारतबाट नेपाल तर्फ मोटरसाइकलमा झोलाभित्र लुकाएर आठ लाख रकम ल्याइरहेको अवस्थामा रौतहट प्रहरीले साहलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटेको प्रहरी टोलिले शंका लागेर साह चढेको मोटरसाइकल चेकजाँच गर्दा रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारतबाट प्रदेश १—०२०४२ प २००० को सुपर स्पलेन्डर मोटरसाइकलमा नेपाल प्रवेश गरेका उहालाइ स्रोत नखुलेको अबैध आठ लाख रकम सहित मोटरसाइकल आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।