कांग्रेस युवा नेता नितिश गुप्ताको कथा सार्वजनिक हुने

547

रौतहट // रौतहट जिल्लाका चर्चित युवा नेता नितेस कुमार गुप्ताको आत्म कथामा आधारित वृत्तचित्र सार्वजनिक हुने भएको छ । नेपाली कांग्रेसको राजनीतिमा सकृय रूपले लागेका युवा नितेस कुमार गुप्ता रौतहट जिल्लामा सधैं चर्चामा आइरहने पात्र हुन् । गुप्ता समान्य रुपले शारीरिक अपाङ्ग भएतापनि उनको जोश जागर भने सामान्य मानिसको भन्दा केही कमी रहेको छैन । सानै उमेर देखी निडर र दरिलो स्वाभावका नेता हुन । विधार्थी राजनीति देखि र कांग्रेस पार्टीको हरेक कार्यक्रमहरूको अग्र भागमा रहेर उनले नेतृत्व गरिरहेका हुन्छन् ।

गुप्ताले पछिल्लो समय आफ्नो व्यक्तिगत जिवन सग अधारित ,राजनीतिक आत्मकथा लाई श्रव्य दृश्य सामाग्री मार्फत सार्वजनिक गर्न लागेका हुन । राजनीतिक र सामाजिक अभियन्ताको रूपमा स्थापित गुप्ता नेपाल सरकार समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग परिषद काठमाडौंका पूर्व सभापति समेत हुन् भने हाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटका सभापति रहेका छन । सानै उमेरदेखि सामाजिक अभियन्ताको रूपमा उदाएका गुप्ताले जीवनमा धेरै संघर्ष गरेको उनी बताउँछन् । आफूले गरेको,भोगेको राजनीतिक, सामाजिक व्यक्तित्वमा आधारित रहेर नितेस कुमार गुप्ताको जीवन सग अधारित वृत्तचित्र विमोचनको तयारीमा लागेको उनले जानकारी दिए । गुप्ताको राजनीतिक,सामाजिक जीवन कथामा आधारित वृत्तचित्र यही माघ १३ गते चन्द्रनिगाहपुर स्थित होटल ए एन प्लाजामा एक कार्यक्रमका बीच विमोचन गरिने उनले बताएका छन् । उक्त वृत्तचित्र विमोचन कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्व सिंचाई मन्त्री यनपी साउदको प्रमुख आथित्यमा हुन लागेको उनले जानकारी दिएका छन् । विशेष अथिती कांग्रेस जिल्ला सभापति सभापति कृष्ण प्रसाद यादब ज्युको र जिल्लाको बरिस्ठ नेताकार्यकर्ताहरुको भव्य उपस्थितिमा विमोचन कार्यक्रमका आयोजक गुप्ता आफै रहेको कार्यक्रममा सहकार्य नेपाली कांग्रेस रौतहट रहेको उनले जानकारी दिएका छन् । यस कथा बाट समाजको अरु व्यक्तिहरुलाई पनि राम्रो प्रभावित पारी साहस जोश ल्याउने गुप्ताले बताउनु भयो ।