विभिन्न पार्टी परित्याग गरी सयौं भन्दा बढी कांग्रेसमा प्रवेश

176

रौतहट , ४ पौष। रौतहटको दुर्गा भगवती गाउपालिकामा नेपाली कांग्रेस पार्टीका पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।नेपाली कांग्रेस वडा इकाई समितिले योजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला सभापति कृष्ण प्रसाद यादवले कम्युनिस्ट सरकार लुट खसोटका सरकार भएको आरोप लगाएका छन् ।
प्रमुख आथितिको आसन्नबाट सम्वोधन गर्दै सभापति यादवले किसानका दुख नबुझ्ने सरकार भ्रस्टचारी बलात्कारी ,हत्यारालाइ संरक्षण गर्ने र प्रधानमन्त्री बन्न लडाई लड्ने गरेको दावी गरे ।पुर्व सभासद यादव ले गरिवको पार्टी भन्ने कम्युनिस्टका नेता अमिर बन्ने गरेको बताए ! पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल , रामकुमार भट्टराई डाक्टर बंशिधर मिश्र , प्रभु साहको अवस्थाको उदाहरण दिदै भने कम्जोर आर्थिक अवस्था रहेका नेकपाका नेताहरुको अहिलेको अवस्थाको विश्लेषण करोडपतिको रुपमा भैरहेको छ कहाँबाट आए सम्पति प्रश्न गरे ।
नेपाली कांग्रेस जनताको पार्टी भएको बताउदै जनतालाइ धनि बनाउने कार्य नेपाली कांग्रेशले गर्दै आएको ठोकुवा गरे ! प्रधानमत्री बन्ने खेल जारी रहेको भन्दै प्रचण्ड र प्रधानमन्त्री ओलीको प्रतिबेदन हेर्नु कतिको भ्रस्टाचार गरेको प्रमाणित हुने बताए।
देशमा लुट तन्त्र ,दण्डहिनताको बढावा दिएको यो सरकारको आयु नरहेकोले चाडै नै समाप्त हुने दावी सभापति यादवको रहेको छ ।
कार्यक्रममा नेकपाका वडा अध्यक्षका प्रत्यासी विजय साह तथा राजपाका रतन साहको नेतृत्व ५०० जना महिला पुरुषले पार्टी प्रवेश गरेका छन् ।नव प्रवेशीहरुलाई सभापति यादवले फुलको माला लागेर स्वागत गरेका थिए ।
रघुनाथ सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा क का प्रत्यासी नागेन्द्र साह , ख विधान सभाका प्रत्यासी राजेश चौधरी , दुर्गा भगवती गाउपालिकाका अध्यक्ष अरुण कुमार साह , पुर्व क्षेत्रीय सभापति श्रीराम राय यादव लगायत नेताहरुले आफ्नो मन्तव्य राखेका थिए ।