मांग गरिएको ठाँउमा अस्पताल निर्माण नभए आन्दोलनमा जाने भन्दै स्थानीय द्वारा नगरप्रमुख लाई ज्ञापन पत्र।

398

२०७६ पुस १ गते रौतहट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट १५ सैयाको अस्पताल राजदेवी नगरपालिकाका वडा नम्बर ७ को किता नम्बर २७५ निर्माण गर्न निर्णय भएको हाे।
उक्त स्थान नगरबासी हरु लाई टाढा भई शुलभ तरीकाले सेवा सुविधा नपर्ने भएको र सो जग्गामा मन्दिर पोखरी २ वटा कलभर्ट हुदै पानी बग्ने निकासा सोही जग्गा बाट गएको साथै भविष्यमा सैया बढाउन प्रयाप्त नरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
राजदेवी नगरपालिकाका वडा नम्बर १,२,३,४,५ बाट ज्ञापन पत्र लिएर आएका जनता हरुले राजदेवी नगरपालिका वडा नम्बर ५ हजमिनियामा १५ सैयाको अस्पताल स्थापनाको लागी राजदेवी नगर कार्यपालिकाको मिति २०७५/४/२४ गतेको बैठक बाट पास भई आर्थिक वर्ष २०७५/०७६ को दोश्रो नगरसभाको नीति तथा कार्यक्रममा समेत उक्त स्थानमा १५ सैयाको अस्पताल स्वीकृति तथा स्थापना गर्न निर्णय भएको हुँदा राजदेवी नगरपालिकाको बीच ठाउँमा सबै जनताहरु लाई पायक तथा सुविधा हुने ठाउँमा अस्पताल स्थापना गर्न जोड दिएका छन भने वडा नम्बर ६,८,९ बाट आएका स्थानिय जनता हरुले कार्यपालिका बैठक तथा दोश्रो नगरसभा बाट निर्णय समेत भएको स्थान राजदेवी नगरपालिका वडा नम्बर ५ मा १५ सैया अस्पताल स्थापना गर्न नसकेको खण्डमा राजदेवी नगरपालिका वडा नम्बर ७ को किता नम्बर ४५३ को ३-१५-०७ को जग्गामा निर्माण भएमा वडा नम्बर ६,७,८,९ को ठिक बीचमा रहेको र भविष्यमा सैया संख्या बढाउन प्रयाप्त जग्गा रहेकोले सो स्थानमा अस्पताल बनाउन उपयुक्त रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
नगर बासी हरू द्धारा संयुक्त रूपमा नगरप्रमुख समक्ष पेश गरिएको ज्ञापन पत्रमा मांग गरिएको स्थानमा अस्पताल निर्माण नभए सम्पूर्ण नगरबासी हरु विरोध कार्यक्रममा उत्रिने चेतावनी दिएका छन्।
नगरप्रमुख धीरेन्द्र कुमार सिंह ले हामी कार्यपालिका बैठक बसी पुस ५ गते निष्कर्ष निकाल्ने जानकारी गराएका छन।