सान्सद अनिल झालाई यमुनामाई गाउँपालिका भित्र प्रवेश गर्न नदिने अध्यक्षको चेतावनी ।

117

रौतहट, २२ कार्तिक । रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद अनिलकुमार झाले केही दिन अघि दिएको अभिव्यक्तिको घोर भर्सना गर्दै यदी हिम्मत छ भने गाउँमा आएर देखाउन यमुनामाई गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखियाले चेतावनी दिएका छन् ।
यमुनामाई गाउँपालिकाको कार्यालय सरुअठामा शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त चेतावनी दिदै गापा अध्यक्ष मुखियाले दशैको शुभकामना मन्तव्य दिने क्रममा साँसद झाद्धारा स्थानीय तहको रकम मेयरको वाउको होइन, विदेशमा कमाउन गएका व्यक्तिहरुको श्रीमतीहरु अरुसंग अनैतिक सम्बन्ध राखेको जस्ता अमर्यादित, अशोभनिय अभिव्यक्ति दिएकोमा कडा रुपमा उनले आलोचना गरेका हुन् ।
मुलुकमा अहिले तिन तहको सरकार छ, सबैको आ आफना तजविजमा काम भईरहेको छ, सबै जनताकै लागि विकासमा जुटेको भएपनि राज्यबाट आउने रकम साँसदको घरबाट पुख्र्यौली सम्पत्ती आएको जस्तै साँसद झाले यमुनामाई गापाको वडा नम्वर ४ मा शुभकामना आदानप्रदान कार्यक्रममा दिएको गैर लोकतान्त्रिक, संकुचित मानसिकताबाट ग्रसित भएका अभिव्यक्तिको जति निन्दा गरे त्यती कम रहेको हुँदा यमुनामाई गाउँपालिका प्रवेश गर्न नदिने पत्रकार सम्मेलन मार्फत चेतावनी दिए ।
दलित जातिबाट गाउँपालिकाको प्रमुख पदमा आएको हुँदा मलाई लक्ष्ति गरेर उक्त अभिव्यक्ति दिएको प्रति आक्रोशित बन्दै गापा अध्यक्ष मुखियाले साँसद झा माफी नमागे सम्म उनलाई पालिका भित्र प्रवेश गर्न नदिने अडान दोहर्याए । विधिको शासन व्यवस्थामा साँसद भएर महिला र स्थानीय तहको प्रमुखहरु माथि दिएको अभिव्यक्ति दिनु कतिको सान्दर्भिक रहेको त्यसको निराकरण जनताले पछि गर्ने छ तर ठाडो रुपमा यसपालिकाबाट सार्वजनिक रुपमा अशोभनिय कार्यको मात्रै हामी विरोधी रहेको स्पष्ट पारे ।
नेपाल सरकारको निति निर्देशन अनुरुप वित्तिय समानिकरण, समपुरक, विशेष बजेट साँसदले पठाउछ कि राज्यले पठाउछ यो सोचनिय विषय हो, साँसद भएर जाँबो एउटा डाइभर्सन बनाउन नसक्ने तर जयनगरमा संसदीय कोषको रकम दुरुपयोग गरी जयनगरमा मेडिकल कलेजको नाममा माछा पोखरी संचालनमा ल्याएको छ अब हामी त्यसको हरहिसाव साँसद संग खोज्नुपर्ने अवस्था आएको समेत यमुनामाई गापा अध्यक्ष मुखियाले पत्रकार सम्मेलन मार्फत रौतहटबासीको ध्यानाकर्षण गराए ।