सयौं नेताकार्यकर्तालाई नेकपामा स्वागत, माननीय सांसद यादवले पार्टी प्रवेश गराउन सक्रिय

349

रौतहट ।। जनता समाजवादी पार्टी र नेपाली काँग्रेस परित्याग गरी सयौ जना नेताकार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । माधवनरायण नगरपालिका वडा नम्वर १ मा आयोजित कार्यक्रममा नेकपा माननीय सासद सरला यादवले विभिन्न पार्टीका नेताकार्यकर्ताहरुलाई स्वागत गरेका छन । सो कार्यक्रममा शिवशंकर यादव,रामभगत यादव,सिकिन्द्र यादव,बिश्वनाथ महतो,बिगु राय,हरिन्द्र राय लगयात सयौ नेताकार्यकर्ताहरु बिहिवार नेकपामा प्रवेश गरेको छन ।

माधवनरायण नगरपालिकामा कार्याक्रममा नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेको सरला यादवले जानकारी दिनु भयो ।
विचार, कार्यक्रम र सागठनिक रुपले नेकपालाई सुदढ बनाउँदै पार्टीको सम्पुर्ण ध्यान विकास र समृद्धमा लगाएको माननीय सासद यादवले बताउनु भयो । मुलुकको विकासका लागि नेकपा बाहेकको नेतृत्व सम्भव छैन ।’ पटक पटक सरकारको नेतृत्व गरेको र जसपा र काँग्रेसले विकास भएन भन्नु भ्रम भएको बताउँदै यादबले रौतहट जिल्लाको विकास सेवा क्षेत्रका आधारमा लगानी भएको बताउनु भयो ।

सरकारले विदेशसँगको सम्वन्ध राम्रो बनाएको र कोभिडको महामारीमा समेत नेपालको अर्थतन्त्रलाई शुन्यमा झार्न नदिएको बताउँदै नागरिकहरुको सुरक्षा र विकासलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।