वर्डा अध्यक्ष साहले एक्लै महिलाहरुलाई गरे साडी सहयोग

211

रौतहट ।। हिन्दुहरुको महान लोक एवं आस्थाका पर्व छठको अवसरमा इशनाथ नगरपालिका वर्डा नम्बर २ औरैयाका वर्डा अध्यक्ष राम लक्ष्मण साहले एक्लै महिलाहरुलाइ आफ्नो निजि आर्थिक लगानीबाट २५० परिवार बिध्वा महिलाहरुलाई साडी वितरण गरेका छन।
आफ्नो वडाका सम्पुर्ण बिध्वा एक्लै महिलाहरूलाई सोमबार लुगा बितरण गरेको छ ।
असहाय र अतिबिपन्न घर परिवारका ब्रतालु महिलाहरुलाई छठ पुजा गर्नका लागि वर्डा अध्यक्ष साहले साडी सहयोग गरेका छन् ।
साडी वितरण कार्यक्रममा वड़ा सदस्य लगायतका व्यक्ति सहभागी भएका थिए।
सधै वर्डावासीहरुलाई सहयोग गर्ने कुनै कसर बाकी नराख्ने कार्य गर्दै आइरहेकोमा वडाध्यक्ष साहलाई स्थानीय वासीले हृदय देखी धन्यबाद दिएका छन् ।
छठी मैयाँ सबै मनोकामना पूरा गरुन् मेरे कामना रहेको मुखिया राम लक्ष्मण साहले बताए ।