नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाज

197

रौतहट ८ मङ्सिर ।। रौतहट जिल्लामा लामो समय देखिको बन्द रहेको नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको नेतृत्वमा सर्व पक्षीय राजनितिक दलहरुको समर्थनमा शुरू भएको प्रदर्शन सँगै धरना कार्यक्रम सोमबार १२ औ दिन जारी रह्यो ।
नेपाल भारत विच सहज रुपमा हुदै आएको आवागमन सीमा बन्द भएको कारण जटिल भएकोले दुवै देशको आम नागरिकको समस्या समाधान गर्नको लागि सीमा नाका खोल्नु पर्ने नितान्त आवश्यक भएकोले सुचारु गराउन नेपाल सरकार माथि दवाव सृजना गर्ने उदेश्यले नागरिक समाजको अगुवाईमा गौर भन्सार कार्यालयको गेट अगाडी शांतिपूर्वक धरना कार्यक्रम सञ्चालन गरिएको हो ।
कोरोना भाइरसको प्रकोप नियंत्रण गर्नका लागि नेपाल सरकारले गएको चैत्र ११ गते देखि नेपाल भारत सीमा बन्द गरेकोमा अहिले सम्म निरंतरता दिइएको छ ।
सीमा सील भएको कारण सर्व साधारण जनतालाइ सास्ति खेप्नु परिरहेको नागरिक समाजका अध्यक्ष जग्गनाथ प्रसाद केसरीले बताउनु भएको छ । नेपाल सरकार प्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष केसरीले भने नेकपा नेतृत्वको सरकार मधेशी जनता सित नियत बस विभेद गरिरहेको छ ।
चीनबाट भाइरस आउदा त्यसको सीमा खोलने र भारतको सिमा बन्द गरेर राख्ने कार्य सरकारको विभेदपूर्ण रहेको जिकिर गरे उहाले भने सरकारले सीमा बन्दबाट उत्पन्न भएको समस्याको निकास समयमा निकाले न भने सरकारको विरुद्धमा चर्को आन्दोलन गर्ने छौ ।
विगत करीव ९ महीना देखिको सीमा नाका बन्द भएको कारण नेपाल र भारत विचको सम्वन्ध माथि गंभीर असर परेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन ।
हिन्दूहरुको महान पर्व दशहरा ,शुभ दीपावली र छठ प्रभावित भएपनि अव दुवै देशको नागरिक विच हुने बैवाहिक सम्वन्ध प्रभावित हुने धरना व्यक्त गरे ।
मेयर गुप्ताले छठ पछि विबाहको लगन शुरू हुने भएकोले सीमा बन्दको कारण छोरा र छोरीको बैबाहिक सम्वन्ध कायम हुन नसक्ने भएकोले पारिवारिक सम्वन्ध टूटने अवस्था रहेको जिकिर गरे । शादियौ देखिको धार्मिक ,सामाजिक ,पारिवारिक ,सांस्कृतिक सम्वन्धलाइ विगार्ने खेल संघीय सरकारको रहेको आरोप लगाए ।
दसहरा पछि शादी विबाह गर्ने समयको शुरुवात हुने सामाजिक चलन रहेकोले समयमा छोरा छोरीको विबाह गर्ने कार्य पनि नराम्रो सित प्रवाभित हुने अवस्था रहेको छ ।
नेपालमा सांस्कृतिक सामाजिक रीतिरिवाज मेलखाने आस्था हुन नसक्ने भएकोले रहन सहज भारत सित बढ़ी मिल्ने भएकोले नेपाल र भारत विच रोटी बेटीको सम्वन्ध रहेको हो ।
सीमा बन्द रहेकोले भारतका नागरिक नेपालमा आऊंन नचाहेको र नेपालका नागरिक भारतमा जान चाहेपनि सीमा सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरु प्रतिवंध लगाउने गरेकोले पुरानो सम्वन्धमा तितोपना आउनुको साटो नया सम्वन्ध जोडिने अवस्था नरहेकोले संघीय सरकारले नेपाली नागरिकको समस्या बुझेर आवागमनमा सहजता ल्याउने गरी सीमा बन्दको निर्णयमा सुधार गर्न सकिन्छन