नेपाल भारत सिमाको कारण रौतहट लगायत तराईका सीमावर्ती जिल्लाका स्थानियहरुलाई ठूलो समस्या

426

रौतहट २६ कार्तिक
विगत ८ महीना देखि नेपाल सरकारले बन्द गरेको नेपाल भारत सिमाको कारण रौतहट लगायत तराईका सीमावर्ती जिल्लाका स्थानियहरुलाई ठूलो समस्या भएको छ ।
चीनको हुवान शहरबाट फैलिएको कोरोना भाइरस कोभीड़ १९ को संक्रमणको जोखिमलाइ नियंत्रण गर्ने उदेश्यले २०७६ चैत्र ११ गते देखि नपाल सरकारले खुल्ला रहेको सिमा नाका सील गर्ने निर्णय गरेको थियो ।
मची देखि महाकाली सम्म जोडिएको नेपाल भारत सीमा क्षेत्र बन्द हुदा आम नेपाली नागरिकलाइ ठूलो सस्ती खेप्नु परीरहेको छ । जून शहर देश वाट कोरोना भाइरस आएको त्यों देशको नाका सञ्चालन गर्ने नेपाल सरकारको दोहोरो नितिका शिकार मधेशमा बसोवास गर्ने मधेशी ,जनजाति , आदिवासी , दलित ,मुस्लिम , अतिविपन्न वर्ग समुदाय , पिछडिएको वर्ग समुदाय भएको हो ।
भारत संगको शादियौ देखि रहेका पारिवारिक , धार्मिक ,सांस्कृतिक , सामाजिक रीतिरिवाजमा भारतीय सीमा बन्द भएको कारण परिरहेको भए तापनि मधेशी तराईबाट संघीय सरकारमा प्रतिनित्धित्व गर्ने राजनितिक दलका नेताहरु चुप लागेर बस्नु अति नै दुखित कुरो रहेको छ ।
नेपाल सरकारले सिमा बन्द गरेको छ दैनिक उपभोग्यका सामानहरु आपूर्ति गर्न सकेका छैन , महंगाई नियंत्रण प्रति उदाशीनता देखाएको स्थानीय युवा नेता श्याम विहारी राय यादवको आरोप रहेको छ ।
आफ्नो जनता प्रति गंभीर नभएका संघीय सरकार पौराणिककाल देखि कायम रहेका नाता सम्वन्ध प्रति आघात पुर्याउने उदेश्य लिएकोले यसको विरुद्ध स्थानीय तह बाट आवाज उठाउनु पर्ने आवश्य्कता प्रति जोड़ दिए ।
मधेश आन्दोलनमा मधेशी जनताको हकÞ अधिकार सुनिश्चितको लागि बहसमा सहभागिता जनाउँदै आएका युवा नेता यादवले कम्युनिस्ट सरकारले भ्रस्टाचार अनियमिताको बढ़ावा मात्र दिएको आलोचना गरे ।
तराईमा धूमधामका साथ मनाइने लोक आस्थाका महापर्वको रुपमा प्रसिद्द रहेका छठ पर्व नजिकदै गएको अवस्थामा नेपाल भारतको सीमा नाका बन्द गर्नु जनतालाई सस्ती दिनु सरकारको नियत प्रस्ट देखिएको टिपण्णी गर्दै यादवले लामो समय देखि बन्द रहेको भारत नेपाल सीमा खोल्नु पर्ने आग्रह गरे ।
नेपाल भारत विचको मित्रतामा यो सरकारले परोसी मुलुक चीनको कारण खटास उत्पन्न गरी मधेशी जनतालाइ पीड़ा ,शोषणमा पर्ने सडयंत्र गरेका अर्का युवा विधार्थी नेता प्रकाश भाई मधेशियाले आरोप लगाए ।
नेपाल भारत विचको लामो खुल्ला सिमानाका कारण सीमावर्ती क्षेत्रमा बसोवास नेपाली जनतालाई चाहिने दैनिक उपभोग्यका सामान , लताकपडा , शादी विबाह , औषधि उपचार ,धार्मिक तीर्थयात्रा लगायतका कार्यहरु गर्न सहज रहेकोले सिमा बन्दको भएको कारण चर्को मूल्यमा खाने कुरा देखिलिएर औसधि उपचार गराउनु पर्ने बाध्यता भएको प्रति चिंता व्यक्त गर्दै विद्यार्थी नेता प्रकाशले छिटो भन्दा छिटो बन्द रहेको नाका सञ्चालन गराउन नेपाल सरकार सित मांग गरे ।
परम्परा देखि चली आएको सम्वन्धलाइ तोड़ने , मधेशी आदिवासी , पिछडिएका समुदायलाइ मानसिक , आर्थिक , सांस्कृतिक ,धार्मिक रुपमा शोषण गर्ने योजना बनाएको भन्दै मधेशी जनता यसको विरूद्ध सड़कमा ओर्लिने समेत चेतावनी दिए ।
नेपाल भारत विचको सिमा बन्द का कारण आम नेपाली जनतालाई गंभीर समस्या भएको इथनाथ नगरपालिकाका नेपाली कांग्रेसका नेता ग्रसनन्दन सिंहले बताएका छन ।
सीमा सुरक्षाको लागि परिचालन गरिएको नेपाली सुरक्षाकर्मीको ज्यादती सहेर पनि स्थानियहरु अति आवशयक सामग्री खरीद गर्न गइरहेको बताउँदै सीमावर्ती क्षेत्रको जनताको अवस्था पीड़ादायक भएको सुनाए । कोरोना भराईसको संक्रमण तीव्र भएको बेला बन्द गरिएको सीमा भाइरसको जोखिम प्रभाव न्यूनीकरण हुदै गइरहेको अवस्थामा बन्द गरेर राख्नु सरकारको नियतमा खोट रहेको पुस्टि भैरहेको सिंहले जनाए ।
नेपाल भारत सिमा बन्द रहेको अवस्थामा चोर बाटो भएर भारतको बैरगनिया जाने आउने क्रममा रौतहटमा ४ जनाले ज्यान गुमाई सकेको छन । स्तरीय उपचार नपाएर तथा समयमा औसधि नपाएर कतिपय नागरिकको ज्यान गएको हुदा हुदै पनि नेपाल सरकारले लामो समय देखि बन्द गरी राखेका सिमा नाका खोल्न सकेको छैन ।
काठमाण्डौलाइ चाहिने खाद्य सामग्री , औसधि , ग्यास ,लता कपडा सहज रुपमा आपूर्ति भइरहे पनि सिमा क्षेत्र बसोवास गर्ने नागरिकले नाता कुटुम्भको घर , चेली छोरी सितको भेटघाट , शादी विबाह समेत गर्न सकेको छैन ।
छठ पर्वमा ससुरालमा रहेको बहिनी , छोरीलाइ बुलाउने परम्परा रहेकोले यस वर्ष सीमा बन्द भएको कारण पारिवारिक सम्वन्धमा असर पर्ने सम्भावना बलियो रहेको छ ! नेपाल र भारत विचको सीमामा तरवार लगाउने सोच राखेका सरकारले रौतहट र सर्लाहीका केहि ठाउमा काढ़े तार भण्डारण समेत गर्ने गरेको बुझिएको छ ।
खुल्ला रहेको सिमाना मधेश र मधेशीको लागि बरदानको रुपमा रहेकोले तरवार गरी सो बरदानलाइ समाप्त पर्ने सडयंत्रमा सरकार लागि सकेकोले विहार ,उतर प्रदेश ,बंगाल लगायत नेपालका तराईका सीमावर्ती जिल्लाहरुका नेता ,सामजसेवी ,बुद्धिजीवी , पत्रकार , पेशागत संघ, संगठन , सस्थाहरुको गंभीर हुनु अहिलेको आवश्य्कता रहेको छ ।