नेपाली काग्रेस गौर नगर कार्यसमिति रौतहटले शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न

134

रौतहट ,२२ कार्तिक । हिन्दुहरुको महान चार्डपर्व दिपावली एवं छठको अवसरमा नेपाली काङ्ग्रेस गौर नगर कार्यसमिति रौतहटले शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ।

नेपाली काङ्रेस पार्टी रौतहटको सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस पार्टीका युवा नेता एवं गौर नगरपालिकाका भावी मेयर उमेदवार मोहन यादवले दिपावली र छठ पर्वको पावन उपलक्ष्यमा वर्डावासी,नगरवासी एवं पत्रकार साथीहरुको आ-आफ्नो कार्यक्षेत्रमा उत्तोतर उन्नति प्रगतिको कामना व्यक्त गरेका छ।
कार्यक्रममा विशिष्ट अतिथी गौर नगरपालिका वर्डा नम्बर ८ का वर्डा अध्यक्ष जनार्दन साह,वर्डा नम्बर १का अध्यक्ष भरत साह,नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रबिन्द्र प्रसाद साह रहेका थिए।
नेपाली काङ्ग्रेस गौर नगर कार्यसमिति रौतहटद्वारा आयोजित कार्यक्रमका संचालन जयप्रकाश यादवले गरेका थिए। कार्यक्रम नगर कार्यसमिति उपसभापति सन्जय कुमार यादवको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम भव्य एवं सभ्यरुपमा सम्पन्न भएको थियो।

अघिल्लो सामग्रीरौतहटमा निषेधाज्ञा जारी
यसपछिको सामग्रीनिःशुल्क आँखा शिविर सम्पन्न
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।