नगरभरिका सम्पुर्ण दलित समुदायका छठ पर्व व्रतालु महिलाहरुलाई साडी वितरण

121

रौतहट,२ मंसिर ।जनता समाजवादी पार्टी नेपाल रौतहटको नेता एवं माधव नारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले हिन्दुहरुको महान चार्ड पर्व छठको शुभ अवसरमा नगर भरिका सम्पुर्ण दलित समुदायका छठ पर्व व्रतालु महिलाहरुलाई सुती साडी वितरण गरेका छन्।
लकडाउनमा खास गरेर दलित समुदायका मान्छेहरु बाहिर काम गरि खाने प्राय जसो भएकाले आर्थिक अभावमा दलित बढी मारका परेको हुदा मात्र दलित छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटको माधवनारायण नगरपालिकाको मेयर बिरेन्द्र प्रसाद यादवले साडी वितरण गरेको उनले बताए । नगरका करिब १२०० दलित महिला लाई साडि वितरण गरिने कार्यक्रम रहेको उनले जानकारी गराएको छ।
विश्व भरिफैलिएको करोना महामारी को कारन आर्थिक स्रोत माथी असर परेको छ। हाम्रो नगरका दलित हरु लाई केही सहयोग पुगोस भने भावनाले साडी वितरण गरेका हुन । साडी वितरण गर्दै उनले समाजका पर्व र संस्कृतिले एकता, भ्रातृत्व र मेलमिलापमा थप सहयोग पुग्ने धारणा समेत राखेका हुन । छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने भएकाले ती साडी वितरण गरिएको बताइएको छ।
कार्यक्रममा मेयर यादवले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु प्रशंसनीय भएको बताए । उनले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने बताए छन् । साथै पर्व मनाउनदा समाजीक दुरी कायम गरी, मास्क लगाई मनाउने अन्य करोना संग लडने स्वास्थ्य ढालहरु प्रयोग गर्ने अनुरोध गरेका छन्।