छठ पर्वको पवन अवसरमा दलित तथा गरिब बिपन्नहरुलाइ कपडा तथा साडी वितरण

115

रौतहट, १ कार्तिक। रौतहटको जिल्लाको परोहा नगरपालिका -३ तेजापाकड निवासी, समाजसेवी तथा नेकपाका जिल्ला सदस्य रामबहादुर कुशवाहाको उहाले जनताको हरेक सुखदुःखमा साथ र सहयोग दिँदै आएका छन् । छठ पर्वलाई लक्षीत गर्दै आज रौतहट जिल्लाको परोहा नगरपालिका -३ तेजापाकडमा छठ पर्वको पवन अवसरमा दलित तथा गरिब बिपन्नहरुलाइ कपडा तथा साडी वितरण गरेका हुन् । तत्कालिन नेकपाको सदस्य पार्टीका रौतहट क्षेत्र नं -२का वडा अध्यक्षको भावि उमेदवार परोहा नगरपालिका तेजापाकडका नेता कुशवाहाले सोमबारको दिन छठ पर्वको अवसरमा साडी वितरण कार्यक्रमको आयोजना गरेर गाउँका करिब १ सय ११ जना दलित तथा गरिबलाइ आफ्नो ब्यक्तीगत लगानिमा साडी सेट, तथा कपडा वितरण गरेका हुन् । कोरोना भाईरस तथा बन्दाबन्दीका कारण प्रभावित व्यक्ति तथा अति गरिब बिपन्न परिवारलाई पहिचान गरि उहाँले सो समाग्री वितरण गरेको बताएका छन् । स्थानियका आम्दनि मरेका बेला तथा पर्वको समयमा सहयोगको रुपमा साडी वितरण गरेपछि नेता कुशवाहालाइ स्थानियले धन्यवाद दिएका छन् । यस अघि लकडाउनमा पनि नेता कुशवाहाले रौतहटका करिब पाच सय दैनिक ज्यालादारी गरेर जिवन चलाउने गरिब विपन्न परिवारलाई राहत वितरण गरेका थिए । आज सम्पन्न भएको कार्यक्रममा बौधिमाई नगरपालिकाका मेयर प्रत्याशी प्रदिप कुमार यादव , परोहा नगरपालिकाका मेयर प्रत्याशी पवन कुमार पटेल, प्रविन कुमार पटेल , राजमङल यादव , स्थानिय नेता सगर पसवान, शेख खलिल , सतनारायन पंडित लगाएत दर्जनौ नेता तथा कार्यकारतको सहभागिता रहेको थियो ।