विद्यार्थीसँग चर्को शुल्क असुल्दै जुमावि गौर:-मिश्रा

132

रौतहट २३ असोज । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् । मन्त्रालयको निर्देशनअनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै धमाधम विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् ।

यसै क्रममा रौतहटको सदरमुकाम गौरमा अवस्थित देशकै चौथो पुरानो विद्यालयको रुपमा रहेको जुद्ध माध्यमिक विद्यालय पनि आइतबार देखि संचालनमा आएका हुन ।

संचालनमा आए संगै यश शैक्षिकसत्रमाअन्य विद्यालयबाट उतिर्ण छात्रछात्राहरुले उक्त विद्यालयमा नयाँ भर्नाको रुपमा आउनेको लर्को लागेका छन् । यहि शिलसिलामा विद्यालयले नयाँ भर्नाको बहाना बनाई चर्को शुल्क असुली गरिरहेका अभिभावकहरु आरोप लगाएका छन् । चर्को रकम असुल गरिरहेको खबर विभिन्न संचार माध्यममा आउन थालेपछि अनेरास्ववियुको ध्यानाकर्षण भएको छ ।

साथै सरकारी विद्यालयमा सरकारको आँखामा क्षारो हाल्दै मनमौजी ढंगबाट निजी विद्यालय संचालन गरि चर्को शुल्क असुली गरी अंग्रेजी माध्यमको नाममा चर्को भ्रष्टाचारमा लिप्त रहेको कुरा प्रती पनि अनेरास्ववियु घोर विरोध गरेका छन् ।

उक्त सरकारी विद्यालयमा एउटै सिप्टमा सरकारी र निजी विद्यालय संचालन गर्दै आएको कुरा पुर्ण रुपमा निन्दनीय रहेकोले घोर आपत्ति सहित उक्त गतिविधि रोक्न अनेरास्ववियुले जोडदार माग समेत गरेका छन् । उक्त कार्यमा प्रशासन फाटबाट संलग्न सम्पुर्ण भ्रष्टाचारी कर्मचारी तथा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कानूनी कार्यवाही गर्नुपर्ने अनेरास्ववियुका केन्द्रिय सदस्य रवि मिश्रले जोडदार माग पनि गरेका छन् ।

नेपाल कै चौथो ईतिहास बोकेको उक्त विद्यालयले कयौं दक्ष जनशक्ति उत्पादन गरे जस्तै वैज्ञानिक, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, वकिल, डाक्टर, पत्रकार तथा राष्ट्रसेवक कर्मचारी जस्तो उत्पादन गर्ने विद्यालयले आखिरमा किन र कुन स्वार्थ तथा कुन शक्तिको आडमा (Covid-19) कोरोना महामारीको समयमा विद्यालय शुल्क उठाउने प्रेरित गर्‍यो भने प्रश्न पनि गरेका छन् ?