वडा दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

98

रौतहट । रौतहटको माधव नारायण नगरपालिका रौतहटले आज शनिवारका दिन वडा दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

रौतहटको माधव नारायण नगरपालिका वडा नं.–१ दिपहीमा गरिएको कार्यक्रमको अध्यक्ष विरेन्द्र प्रसाद यादवले नगरबासी तथा देशवासीहरुलाई वडा दशै, दिपाबली र छठ पर्बको शुभकामना दिदै नगरको विकासमा कुनै कमी नराख्ने बताउनु भयो । नगरको थप विकास र समृद्धिको लागि हामी नगरबासी हातेमालो गरेर हिडनु पर्छ भने नगर प्रमुख यादवले बताए ।

सो कार्यक्रममा, प्रदेश सभा सदस्य रामकिशोर राय यादवले बिजयादशमीले सबैमा खुशी ल्याउन सकोस भन्दै शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रममा पार्टीको बारेमा बोल्दै प्रदेश सभा सदस्य यादवले जनताको चाहना र भावना अनुसार जनता समाजवादी पार्टी काम गर्ने उदेश्य रहेको बताउनु भयो ।

सो शुभकामना कार्यक्रममा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, जनता समाजवादी पार्टीका युवा प्रभावसाली नेता श्याम बिहारी यादव, शोभा देवी साह लगायतका नेताहरु कार्यक्रममा सहभागी भई दशै, दिपाबली र छठ पर्बको शुभकामना दिनु भयो ।