वडा अध्यक्षको मोटरसाइकल चोरिभएको २ दिन नबित्दै दुईजना चोर पक्राउ

417

रौतहट २६ असोज ।। तिनदिन अघि चोरिएको रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकल सहित दुईजना चोर पक्राउ परेका छन ।  ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा चोरिभएको २ दिन नबित्दै उनिहरुलाई पक्राउ गरेको हो । कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको गत २३ गते चोरिभएको प्रदेश ०३ -००२-प ०१५५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित पक्राउ दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कटहरिया ३ बडेरवा गाउँका बिरेन्द्र साह सोनारको छोरा १८ का जलनधर साह सोनार र गरुडा नगरपालिका ५ गरुडा गाउँका जुगल साह कानुको छोरा २० का संतोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले बताएका छन । उनिहरुमाथी चोरी संबंधी मुद्दा दर्ता गरि थप अनुसंधानको लागि जिल्ला अदालत गौर बाट ६ दिनको म्याद थमाएको डिएसपी रावलले जानकारी दिएका छन । 

विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाही बाट मोटरसाइकल बरामद भएको प्रहरी स्रोतले जनाएको छ । उता ईलाका प्रहरी कार्यालय गरुडाले प्रहरी द्वारा सवारी चेकजाँचको क्रममा गौर चन्द्रपुर सडकखण्डमा उक्त मोटरसाइकल सहित दुबैजना पक्राउ परेको सार्वजनिक गरेको छ । वडा अध्यक्ष चन्दन कुश्वाहाको मोटरसाइकल चोरी भएसंगै कटहरिया बजारका मोटरसाइकल ग्यारेज संचालन विकास साहको चोरी भएको भारतिय नम्बरको मोटरसाइकल हालसम्म बरामद हुनसकेको छैन ।

ईलाका प्रहरी कार्यालय गरुडाले विकासको मोटरसाइकल बारे अनुसंधान भैरहेको जनाएको छ ।कटहरिया एफ एम