बौधिमाइ नगरपालिकामा एकैदिन दुइटा प्रसुती गृह उदघाटन

137

रौतहट ,२४ आश्विन । रौतहटको क्षेत्र नम्बर २ (ख) प्रदेश सभा अन्तर्गत रहेको बौधिमाई नगरपालिकामा एकै दिन दुई कार्यक्रम विच प्रसुती गृह उद्घाटन गरिएको शुक्रबार दिन देखि संचालनमा आएको छ।
शुक्रबार का दिन बौधिमाई नगरपालिका वर्डा नम्बर ४ ईनरवारी ,वर्डा नम्बर ६ पिपरियामा अलग अलग कार्यक्रम प्रसुती गृह उद्घाटन गरिएको छ।
प्रसुती गृह कार्यक्रम रौतहटको क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य रामकिशोर यादव उर्फ किशोरी यादव ज्युका प्रमुख आतिथ्यमा,विशिष्ट अतिथी जिल्ला समन्वय समिती रौतहटको उपसभापति राम अशिष राय यादव ,जिल्ला गौर अस्पतालका मेसु कृष्णा साह र मेयर राजिव रङजन यादवले ५ सैया बेड सहितको प्रसुती गृह ईनरवारी र पिपरियामा संयुक्त रुपमा रिबन काटी उद्घाटन गरियो।
ईनवारी मठको महराजी सिताराम बैरागीले उपलब्ध गराएकोमा करिब १८ कठ्ठा जग्गामा ५ सैयाको सुविधा सम्पन्न प्रसुती गृह निर्माण भै संचालन आएको छ।

प्रदेश सभा सदस्य रामकिशोर यादवले एक अलग प्रसङ बोल्दै भने सन्तति स्वस्थ हुनु शिक्षा हासिल गर्न सक्छ,किसान स्वस्थ्य नरहे खेती सम्भव छैन र आमादिदी स्वस्थ्य रहे घरेलुु कार्य मात्र सम्पादन हुन सक्ने र शरीर निरोग रहने बताए।
त्यसैले हामी सबैको साझा कर्तव्य हो कि स्वास्थ्यलाई प्रमुख कार्यमा मध्ये एक मुल सम्पत्ति सुरक्षित राख्ने।
वर्डाका रहेको आइमाईलाई प्रसुती गराउन अन्यत्र जान नपरोस र प्रसुती गृहमा कुनै प्रकारको संबंधित उपकरण कमि नहुन दिन हाम्रो पहल प्रदेश २ सरकार तथा केन्द्रबाट भइरहने बताए।
२०७४ सालमा आएको बिषण बाढीले गर्दा बौधिमाई नगरपालिकाका छिमेकी गाउँ लौकाहाका एकै परिवार करिव ६ जना सहित एम्बुलेन्स पानीमा डुबेको थियो जसमा प्रसुती गराउन गएको मान्छे घटना स्थलमै मृत्युु भएको हुदा बौधिमाई नगरपालिकाका मेयर राजिव रंजन यादवले आफू नगरवासीहरुलाई प्रसुती गराउन अन्यत्र जान नदिन प्रण गरे।
मेयर राजिव रङ्जन यादवले चुनाव जित्नु पुर्व वादा गरेको १५ सैया सहितको अस्पताल बनाउने प्रतिबद्धता गरेको थियो जस अनुसार तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय उपेन्द्र यादवको पालामा १५ सैया बेडको नाम छनौट गराएको बताए।
एकतर्फी विकास निर्माण कार्य गर्नु मात्रै विकास हो भनेर हुँदैन शिक्षा,स्वास्थ्य ,यातायात ,खानेपानी आदि विकास गर्न नै चौतर्फी विकास गर्नु हाम्रो कर्तव्य हो।जनताहरुले दिएको आशा विश्वास लाई कदापि एक ईन्च एताउता हुन नदिन (लक्षण रेखा) मेयर यादवले बताए।
नगरपालिका नामाकरण हुनु पुर्व बौधिमाई नगरपालिकामा ५ वटा गाविस थियो प्रत्येक गाविसमा एक स्वास्थ्य चौकी थियो।अहिलो नौ वटा वर्डा भएको बौधिमाई नगरपालिका भएको र प्रत्येक वर्डामा मेयर विषेश पहलमा स्वास्थ्य चौकी भएको छ।

जिल्ला गौर अस्पताल का मेसु कृष्णा साहले बोल्दै क्रममा थप ईनरवारी मा ईतिहासीक कार्य प्रसुती गृहको उद्घाटन गरिएको छ।समाज निर्माणमा सडक ,नाला निर्माण कार्य भन्दा ठूलो प्रसुती गृहको आवश्यकता पर्दछ ।यस गृहमा समान्य डिलिभरी देखि लिएर ठूलो अप्रेशन गर्नु पर्नेमा प्रसुती गृहमा आएपछी थाहा थप सहयोग पुग्ने उदेश्यले आज उद्घाटन गरिएको छ।यश कार्यलाई निरंतरता दिलाउन मेयर राजिव रंजनलाई धन्यवाद समेत दिए।

पेट बोकेका आइमाई हरुले चार पटक चेक गराएमा ८ सय पाउने र प्रसुती गराए भने १ हजार पाउछ दुवै एक ठाउँमा गराएमा १८ सय पाउछ।प्रसुती गराउन दक्ष कर्मचारीको आवश्यक पर्ने साहले बताए।
दुवै वर्डाका जनताहरुले आफुलाई स्वास्थ्य परामर्श तथा सामान्य उपचार गराउन शहरी जानू पर्ने बाध्यता मेयर यादवले हटाइ दिएकोमा विषेश धन्यवाद तथा यस्तै कार्यलाई निरंतरता दिन आशिर्वाद पनि दिएका थिए।
कार्यक्रम इनरवारीका अध्यक्ष मेयर राजिव रंजन यादव एवम् पिपरियामा वर्डा नम्बर ६ का अध्यक्ष हृदय नारायण थिए। कार्यक्रम संचालन समाजवादी युवा संघ तराई मदेश प्रदेश समितिका सचिव एव युवा नेता लखिन्द्र यादवले गरेका थिए।
कार्यक्रममा बौधिमाई नगरपालिका को निमित्त प्रमुख प्रशासकी अधिकृत रामेश्वर यादव,नगर स्वास्थ्य संयोजक राकेश यादव , ईलाका प्रहरी कार्यालय कोपवाका सइ लगायत पत्रकारहरुको सहभागी रहेको युवा नेता पवन उर्फ मिन्टु यादवले जानकारी गराएका हुन् ।