प्रेमी युवकलाई फसाउन प्रेमिकाको हत्या

345

रौतहट, २२ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाको छतौना गाउँमा १७ बर्षिया युवतीको शंकाष्पद अवस्थामा शब बुधवार साँझ फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार दुर्गा भगवती गाउँपालिका ४ छतौना गाउँ बस्ने लाल महम्मद धुनियाको १७ बर्षिया छोरी रोबिना मन्सुरीको मृत अवस्थामा शव छिमेकी जनरल कवारीको घरमा हिजो साँझ ६ बजेको समयमा फेला परेको हो ।
छिमेकी जुनैद कवारी संग प्रेम प्रसंगमा रहेको युवती रोबीनालाई उसको घरपरिवारले विरोध गर्दै आएको वेलावखतमा कयौं पटक झै झगडा समेत भएका थिए । युवती रोविनाको मृत शरीरलाई उसको आमा संगै काका लाल महम्मद, फुल महम्मद, नसरुद्दीन मन्सुरी र निजकै श्रीमती सहनाज मन्सुरी सहित व्यक्तिहरु मिलेर जनरल कवाडीको घरमा लगेर बुहारी जहिरा खातुनको ओछ्यानमा प्रत्यक्षदर्शीहरुले देखेपछि प्रहरीलाई खवर गरेको प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

जनरल कवारीको छोरा जुनैद कवारी संग प्रेम प्रसंग रहेकी रोवीना एक अर्का विना नरहने वातावरण सृजना उनी आफनो घरमा सृजना गरेपनि नमानेको अवस्था थिए । हत्या हो कि आत्म हत्या हो बारे प्रहरीले गहन अनुसन्धान जारी राखेको छ । युवतीको घरमा पासो लगाइएको डोरी काटिएको घाँस काट्ने हसिया डोरीको रेशा सहित फेला परेपछि जुनैदलाई फसाउने नियतबाट ओतप्रोत भई उसको घरमा लगेर शव राखेको प्रारम्भीक अनुसन्धानबाट खुलेको समेत उनले स्पष्ट पारे ।

प्रहरीले काका फुल महम्मद, आमा, काकी सहजान मन्सुरी, युवक जुनैद कवारीलाई नियन्त्रणमा लिएको जानकारी दिदै घटनाको वास्तविक पहिचान गर्न प्रदेश नम्वर २ को प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको बताए । मृतक रोविनाको घाँटीमा डोरीको डाम जस्तो दाग देखिएको हुँदा शवलाई पोष्टमार्टमको लागि नारायणी उप क्षेत्रिय अस्पताल विरगंज पठाइएको जनकारी डिएसपी श्रेष्ठले दिए । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या वा आत्महत्या वारे सहि चित्रण हुने छ ।
युवतीको वुवा विगत डेढ बर्ष देखि रोजगारीको शिलशिलामा भारतको पंजावमा रहेको बुझिएको छ ।