विकास कार्य अवरुद्ध हुनु मुख्य कारण आश्रय निर्माण सेवा प्रालि वडाअध्यक्ष पटेलको भनाइ

142

अरविन्द कुमार यादव।
रौतहट ,१४ आश्विन । रौतहटको गौर नगरपालिका जिल्लाकै सदरमुकाम रहेको हुदा विकास कार्य अवरुद्ध हुनु मुख्य कारण आश्रय निर्माण सेवा प्रालिद्वारा भएको छ।
सदरमुकाम गौर अवस्थित रिपोर्ट क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा गौर नगरपालिका वर्डा नम्बर ३ का वर्डा अध्यक्ष श्यामसुन्दर पटेलले बोल्दै भने सदरमुकाम विकास निर्माण कार्य नहुनु मुख्य दोषी शहरी विकास मन्त्रालयको आर्थिक लगानीमा र आश्रय निर्माण सेवा प्रालिको ठिकदारीमा सडक निर्माण बिचमा अलपत्र परेका छन् ।
गौर बिपि चौक देखि पोखरीया टोल हुदै देशकै चौथो स्थान स्थापित रहेका श्री जुद्ध माध्यमिक विद्यालय गौरको छेउ भएर ट्रान्सर्फमर चौक सम्म र तैयब होस्पिटल देखि नगरपालिका कार्यालय सम्म गएको सडक एवम् प्रभात चौक देखि पोखरिया टोल सम्मको बाटो समान्य पैदल हिड्न नसक्ने अवस्था रहेको पटेलले बताए।
आश्रय निर्माण सेवा प्रालिको ठेक्कामा रहेका हामी बाटो निर्माण पनि छोडौ मर्मत गर्न समस्या छ ।
सम्पुर्ण बिकास कार्य दोष आश्रय निर्माण सेवा प्रालि माथी गएको दावी समेत पनि गरे।
जसको सहरी सघन बिकास कार्य भइरहेको सडक छेउमा एक किता जग्गा पनि नभएको जिल्ला देखि सर्वोच्च अदालत सम्म मुदा गरेको अवस्थामा रहेको छ।केही स्थानीयले विकास निर्माण कार्यमा अवरोध गर्ने मनसायले सडक नबनोस भनी मुदा दिइएको बताए ।
त्यसको फरक प्रसङ्गमा बोले प्रतिपक्षको रुपमा चुनावमा हामी सङ्गै लडेका विकास विरोधी भएको वर्डा अध्यक्ष श्यामसुन्दर पटेलले बताए।
विकास भन्ने अर्थ मात्र सडक निर्माण ,बालुवा गिट्टी र माटो छर्नु होईन ।हाम्रो चुनावी एजेन्डा थियो समाजिक सद्भाव कार्य राख्नु,समाजिक कुरिती विसङ्गती निरमुल पार्नु,धार्मिक सहिसुन्ता कायम राख्नु,समाजिक एकतामा एकाअर्कालाई बाध्नु,महिला हिंसा कम गर्नु,समाजिक विभेद अन्त्य गर्नु,समाजिक कलह अन्त्री गर्नु मुख्य एजेन्डा थियो।
स्वास्थ्य, शिक्षा,खानेपानी ,यातायात ,विद्युत ,सडक नाला तथा भौतिक पूर्वाधार लगायतका विकास निर्माण कार्य सङ्गै समाजिक कार्यहरुको विकासलाई प्रमुख प्राथमिकतामा राखी आज सम्म चुनाव जितेका समय साढे तीन वर्ष बितिसक्दा रहेको कुनै किसिम समाजिक समस्या उत्पन्न हुन नदिएको जनताले दिएको जिम्मेवारी अभै डेढ वर्ष काम गर्ने मौकालाई जनताको इच्छापत्र अनुसार विकास निर्माणमा इतिहास कायम गर्ने प्रतिबद्धता जनाए ।
गौर बजार अवस्थित देव ट्रेडर्स देखि चन्देश्वर राउतको घर हुँदै मनोहर साहको घर भएर नेपाल आई केयर सम्म गएको सडक हाल सम्म अवरुद्ध रहेको छ।
चन्देश्वर राउत चुनाव हारेका नेकपा तर्फबाट प्रत्यासी हुन् ।राउतकै घर छेउ भएको सडक सयौं वर्ष देखि चल्नचलतीमा रहे तापनी सडक निजीकरण बनाई जिल्ला देखि सर्वोच्च अदालत सम्म रोका गराएको पटेलले बताएका हुन् ।
बजार जान सडक छेउ छाउका स्थानीय तथा सदरमुकाम बाहिर आएका सेवाग्राहीलाई पैदल समेत कठिनाइ भएको सर्विददै छ।
रौतहटको सदरमुकाम गौर जोड्ने लालबकैया पुल निर्माणाधीन रहेको छ।स्थानीय ,प्रदेश र केन्द्रिय चुनाव हुनु पुर्व पुलको शिलान्यास स्व पुर्व प्रधानमन्त्री सुशील कोइराला ज्युको करकमलबाट भएको थियो ।
स्थानीय स्तरबाट पुलको निर्माण अवरुद्धको विषयमा लिएर ध्यानाकर्षण गराउनका लागि आन्दोल समेत भएको तर सघिय सरकारले कानमा तेल हाली बसेको पटेलले बताए।
पप्पु कन्ट्रक्सन निर्माण सेवाको अधिक चरम लापरबाही को कारण लालबकैयामा पुल निर्माण नभएको र पोहोर साल ढुङ्गा दुर्घटना भएकोमा करिब एक दर्जन मान्छको मृत्यु भएको थियो।
लालबकैया पुल रौतहटको गौर र ईशनाथ नगरपालिकाको बिच सिमा रहेको हुदा दुबै नगरपालिकाको मेयर लगायतका टोली पटक पटक प्रधानमन्त्री समक्ष डेलिकेशन लिएर गएपनी पुल निर्माणमा लागेको पप्पु कन्ट्रक्सन निर्माण सेवाले देश मा कालो सुचिमा रहेकालाई कुनै कार्यवाही हुनुको सट्टा पुल निर्माण कार्यको अन्तिम म्याद सकिएको हुदा पनि पटक म्याद थपिने रबैयामा केन्द्रीय सरकार रहेको हुदा स्थानीय बासीको लागि दुखको कुरा रहेको वर्डा अध्यक्ष पटेल बताएका छन् ।
बालुवा,गिट्टी र माटो पुरी ग्रेवल गरि समाजको विकास हुँदैन जबसम्म समाजमा अभिभावक अभिभावक बिच समाजिक एकता कायम हुदैन समाजमा विकास कार्य मजबुत हुदैन वर्डा अध्यक्ष श्यामसुन्दर पटेलले बताएका हुन।
जनता कसै पौकेटमा रहेने खालको बस्तु होईन आत्मा र समाजको सर्वाङ्गनी तथा चौतर्फीमा रुपमा उन्नति प्रगतिशील मार्ग देखाउने व्यक्तिलाई लिएर समाजले अगामी चुनावमा आफुलाई पुनः स्थापित गर्ने छ भने उनले बताए।