मानव सेवा केन्द्र, रौतहट आफ्नो लक्ष्यमा अग्रसर

131

रौतहटका बुद्धिजिवी, समाजसेवी, विकासप्रेमी, मानव सेवामा समर्पित व्यक्तिहरुद्धारा महिला, बालबालिका तथा ज्येष्ठ नागरीक एवं वृद्धहरुको अनेक समस्याहरुलाई न्यू्निकरण गर्न दिवा सेवा केन्द्र, दीर्घकालिन पुर्नःस्थापना गृह, आश्रम गृह र चेतनामुलक कार्यक्रम गर्न मानव सेवा केन्द्र, रौतहटको स्थापना २०७५सालमा भएको हो ।
यस केन्द्रले गौर न.पा. २ महादेवपटिमा रामलक्ष्मण जानकी मन्दिर स्थित साढे दुई कठा जग्गा व्यवस्था गरी प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा करीब २४०० वर्ग फीटमा ४ कोेठा र १ हल सहितको १ तले भवन गत आ.व.को अषाढमा निर्माण भएको छ ।

यस केन्द्रले आफ्नो उद्देश्य अनुरुप मानवीय सेवा प्रदान गर्ने उद्देश्यले भारतीय राजदूतावासको सहयोगमा एक थान एम्बुलेन्स प्राप्त गरी विगत ९ महिनादेखि अनवरत रुपमा विश्व विनाशकारी कोरोना भाईरसको महामारीको बेला पनि सेवा दिदै आएको छ ।
साथै भारतीय राजदूतावासको सहयोगमा बालबालिका तथा समाजका बौद्धिक व्यक्तिका लागि पुस्तकालय स्थापनार्थ रु. ४० हजारको अनुदान प्राप्त गरेको छ । सेवा केन्द्रले गौर न.पा.को उप प्रमूखको बजेट सहयोगमा बृद्ध बृद्धा तथा यूवाहरुको शारिरीक व्यायामका लागि व्यायाम सामग्रीहरु ८ सेट जुटाउन सकेको छ । साथै यस वर्ष मन्त्रालयबाट थप निर्माण कार्यकालागि र राष्टिय योजना आयोगबाट बाल उद्यान निर्माणका लागि बजेट छुट्याइएको छ ।
विश्व विनाशकारी कोरोना भाईरसले सबै क्षेत्रलाई आक्रन्त बनाई विकासका कार्यहरु प्रभाव पारेसंँगै यस केन्द्रका गतिविधिहरु पनि निर्वाद रुपमा प्रभावित भएको छ । तथापि यस केन्द्रले निकट भविष्यमा कार्यालय संचालन, ज्येष्ठ नागरीकका लागि दिवा सेवा केन्द्र संचालन लगायतका कार्यहरु गर्न तथा अन्य संरच्नात्मक, जनचेतनामूलक एवं कल्याणकारी क्रियाक्लापहरु गर्न केन्द्र लागी परेको छ । यस कार्य दिशा तर्फ लाग्दा केही विभिन्न निकाय तथा सहयोगी हातहरुको सहयोगप्राप्तिका लागि केन्द्र अपेक्षित रहेको छ । तत्काल कार्यालय फर्निचर दराज, टेबल कुर्सी, सभाहलका फर्निचर सजावट, एल ई डी टीभी, प्रोजेक्टर, ईन्भर्टर, कम्प्यूटर, प्रिन्टर र फोटोकपी, साउण्ड सिस्टम, घरभित्र खेलिने सामग्रीहरु जस्तै क्यारेम बोर्ड, चेस, आदि, पिङ्गहरु, सौन्दयीकरणका फूल बगैचा, पुस्तकालयका निम्ति पुस्तकहरु, अनाथ, कमजोर तथा असहायका लागि कपडा बैंक संचालन गर्न कपडाहरु आदि सामग्रीहरुको व्यवस्था गर्नु पर्ने रहेको छ ।
यसका लागि केन्द्रका पदाधिकारीहरुले विभिन्न स्थानीय सरकारहरुको कार्यालयमा पुगी विभिन्न आवश्यक सामग्रीहरुको सुची सहितको अनुरोधपत्रमार्फत बिनति गरिएको छ । अधिकांश सरकारहरुबाट सहयोग गर्ने भनी सकरात्मक विश्वास प्राप्त भएको छ ।
अतः यो कार्यका लागि अहिलेको समय सान्दर्भिक तथा सामग्रीहरु नितान्त जरुरी भएकोले अनुरोध पत्रमा उल्लेखित सामग्रीहरु उपलब्ध गराई यस मानव सेवा जस्ता पूण्यकार्यमा सहयोग गर्न हुन हार्दिक अनुरोध गर्दछौं ।