नेपालमा २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिए

222

साउन २५ काठमाण्डौं । आज नेपालमा २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ३७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

क्वारेन्टाईनमा ११ हजार ३८ जना रहेका छन् । आईसोलेसनमा ६ हजार बढी रहेका छन् भने १६ हजार ३ सय ५३ निको भएर अहिले सम्म घर फर्किसकेका छन् । आज ४० जना मात्र डिस्चार्ज भएका छन् ।