विपीको ३८ औं स्मृति दिवस अवरमा नेपाली कांग्रेस रौतहट द्बरा वृक्षारोपण

187

रौतहट ६ साउन–रौतहटको गौरमा विपी कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।

मंगलबार नेपाली काँग्रेस गौरको आयोजनामा प्रत्येक वर्ष झै यसवर्ष पनि वृक्षारोपण गरी वीपीको स्मृति दिवस मनाइएको हो । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको नेपाली काँग्रेस रौतहटका पार्टि सभापति कृष्ण यादवले जानकारी दिए ।

उनले,गौर स्थित बसपार्कको परिसरका मसला,कदम,गोल्ड मोहर लगायत बिभिन्न प्रजातिको २ सय बिरुवाहरु रोपण गरेर विपी कोईरालाको ३८ औं स्मृति दिवस मनाएको जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममै रोपण गरिएको बिरुवाहरुको संरक्षणको लागि कोष समेत खडा गरेर प्रति बिरुवाको एक बर्ष सम्मको लागि रु ५ सयको दरले कोषमा जम्मा गरिएको पार्टीको जिल्ला सभापतिको नेतुत्वमा वृक्षरोपण कार्यक्रम भयो ।

सो वृक्षारोपण कार्यक्रममा रौतहट क्षेत्र नम्बर ३ का पुर्व माननिय सांसद सुनिल यादव,युवा नेता मोहन यादव,धमेन्द्र पसवान,श्री राम यादव र सन्तु यादाब लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।