नेपाली कांग्रेसको युवा नेता नितिश कुमार गुप्ताले बाढी पिडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

179

रौतहट ६ साउन ।। रौतहट जिल्लाको नेपाली कांग्रेसको युवा नेता नितिश कुमार गुप्ताले बाढी पिडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आईतबार देखि परिरहेको अविरल बर्षाको कारण बाढिको चपेटामा परेको घर बिहिन भएको परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानिय तह प्रदेश सरकार र केन्द्र सरकार सग माग गरेको छ। बाढिको चपेटामा परेको रौतहट,बारा,पर्सा,सर्लाही,सिराहा,महोत्तरी जिल्लाको बाढी पिडितलाइ तत्काल राहत उपलब्ध गराउन सरकार सग माग गरेको छ। बाढी बाट घर भटकेको र बाढिको चपेटामा परेको घर परिवारलाई तत्काल सहि ब्यवस्थापन मिलाई अगाडिको दिनमा बाढिको चपेट बाट बच्नको लागि त्यस्ता पीडित परिवारलाई तत्काल राहत सहित र सुरक्षित ठाउँमा ब्यवस्थापन मिलाउनु समेत माग गरेको छ गर्दै सरकारको ध्यानाकर्षण गराएका छन ।