सरकार र भ्रष्टाचारको विरुद्धमा आन्दोलनको आवश्यकता : नितिश कुमार

368

कोभीड-१९का कारण विश्व नै सामना गरि रहेकोे छ । कोरोना भाईसले संक्रमित जम्मा हाल ४६१५ भैई सकेको र भाईरस कारण १५ जनाको मृत्यु समेत भैई सकेको छ । आज कम्युनिष्ट सरकारका नेतुत्वमा भ्रष्टाचार बढि रहेकोे छ । कोभिड -१९को उपचाररत र खरिद प्रकरणका कारण चर्को मुल्य राखी नेपालमा चरम रुपले भ्रष्टाचार भएको देखिन्छ । समाजका हरेक क्षेत्र भ्रष्टाचारबाट मुक्त हुन सकेका छैनन् । अहिले मुलुक संघीयताको कार्यान्वयनको चरणमा छ । स्थानीय, प्रादेशीक र संघीय गरी तीन तहको सरकार सञ्चालनमा छ । कम्युनिष्टहरूले शासनको बागडोर सम्हालेका छन् । जनताको घरदैलोमा सरकार पुगेको छ । विकास–निर्माणका काम सुचारु भएका छन् । तर विडम्बना, विकाससँगै विकृति र विसंगति व्याप्त छ । केन्द्रीकृत भ्रष्टाचारको सञ्जाल विकेन्द्रीकृत भएको छ । भ्रष्टाचारको स्वरूप परिर्वतन भएको छ । पहिले टेबुलमुनिबाट हुने लेनदेन अहिले क्याफे, रेस्टुराँ र बारमा बिचौलियाबाट सेटिङ मिलाएर लिने गरेको पाइन्छ । हरेक विकासका कामको केही प्रतिशत रकम कर्मचारी प्रशासनका लागि छुट्ट्याउनुपर्ने अघोषित नीति बनेको छ । सरकारले अहिले खरिद गरेको १० अर्बको समाग्री र खर्चको हिसाबकिताब सार्वजनिक गर्न जन स्तर बाट आवाज र आन्दोलन विरोध भैई रहेको छ । ता पनि यसको हिसाबकिताब सार्वजनिक नगर्नु सरकार रबैईया प्रती सबै सरोकारवालाले प्रश्न खडा गरेको छ । कम्युनिष्ट सरकारका कयौंपटक मन्त्रीहरूले भ्रष्टाचार गरेको खरिद प्रकरण प्रमाण सहित मिडिया प्रष्ट रूपमा आयो ता पनि सरकार गम्भीरता नभई बचाउ तिर नै लागि परे देखिन्छ । केन्द्रिय र स्थानीय निकाय प्रदेश सरकार सबै निकायमा व्यापक भ्रष्टाचार भएको देखिन्छ ।

हाम्रो नेपाली कांग्रेस पार्टीले पट्क पट्क सरकारको आलोचना र सशक्त विरोध जस्ता कार्यक्रम देश गर्दा पनि भ्रष्टहरुलाई कार्वाही नगरि संरक्षण गरि रहेकोे छ । भ्रष्टाचारको विरुद्धमा घर घर बाट सरकार विरुद्धमा आन्दोलन हुनु पर्छ । सरकारका केही कयौं कमजोरी छन्, स्वेच्छाचारिता देखिएका छन्, ।

कम्युनिष्ट सरकार अधिनायकवाद बाटोमा राजनीतिशास्त्रीको परिभाषा तथा नेपाली बृहत् शब्दकोषका अनुसार एकलौटी रूपमा शासन सञ्चालन गर्नुलाई अधिनायकवाद भनिन्छ। सबै अधिकार पाएको व्यक्ति, अत्याचारपूर्वक आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक, तानाशाह, कानुनीभन्दा शक्तिका आडमा सरकार चलाउने तरिका एउटै व्यक्तिको सरकार, उसैको बलप्रयोगबाट सत्ता सञ्चालन। अरु राजनीतिक दललाई निषेध गरेर जाने परिपाटी, विधि-विधान अवैधानिक तरिकाले अदल-बदल गरेर शासन चलाउने प्रणालीको बाटो अपनाउदै कम्युनिष्ट सरकार अधिनायकवादीको चरीत्र देखाएका छन । नेपाललाई भ्रष्टाचार मुक्त बनाउन अब एक विकल्प कम्युनिष्ट सरकारको विरुद्धमा आन्दोलन गरि देशमा सुशासनको स्थापना गराउनु पर्छ । शासनको दम्ब नेपालमा देखाई दादागिरीले हाम्रो कांग्रेस नेताकार्यकर्तालाई विना काम फसाई रहेकोे अवस्था पनि छ । कम्युनिष्ट असक्षम तरिकाले नेतुत्व गरि हरेक कार्यमा विभेद गरि रहेकोे समेत छ । सरकारले गरि रहेकोे गल्त रबैयाको हिसाबकिताब अब नेपाली जनताले निश्चितरूपमा लिनुपर्छ । भ्रष्टाचार जस्ता जघन्य अपराधीलाई कार्वाही नहुनु देशलाई आर्थिक संकट निमत्याउनु हो । त्यसैले अधिनायकवादी कम्युनिष्ट सरकार र भ्रष्टाचार विरुद्धमा आन्दोलनको आवश्यकता रहेकोे नेपाली कांग्रेस रौतहटको युवा नेता नितिश कुमार गुप्ताले अनलाईनलाई बताएका छन ।