रौतहटको गरुडा नगरपालिकाको नगरसभा असार २९ गते हुने

684

रौतहट,१५ असार / जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको नगरसभा यही महिनाको २९ गते हुने भएको छ ।

आज सोमबार नगरप्रमुख ईन्दु राय यादवको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नगरसभा असार २९ गते गर्ने निर्णय गरेको हो ।

बहुमत कार्यपालिका सदस्यहरुको बैठकले नगरपालिकाको नगरसभा २९ गते नगरपालिकाको सभा हलमा गर्ने निर्णय गरेको नगरप्रमुख यादवले जानकारी दिएकाछन् ।
केही बिवादका कारण असार १० गते हुन नसकेको नगरसभा २९ गते हुने भएको हो ।