विभिन्न कामको सिलसिलामा देश बाहिर रहेका स्थानियको उद्दार गर्न नेपाल सरकारसंग माग : मेयर मेहता

412

रौतहट २७ बैशाख । रौतहटको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले सो नगरपालिका बाट विभिन्न कामको सिलसिलामा देश बाहिर रहेका स्थानियको उद्दार गर्न नेपाल सरकारसंग माग गरेका छन ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारन आफ्नो नगरबासीहरु कठिन परिस्थितिको सामना गर्नु परेको र विभिन्न संचार माध्यम बाट उद्दारको लागि आग्रह गरि रहेको हुँदा बेलैमा उद्दार गरि सहयोग गर्न नगर प्रमुख मेहताले माग गरेका छन । सरकार संग यस सम्बन्धमा सहकार्य गर्न आफू सकारात्मक रहेको वहाको धारणा रहेको छ ।

जस्तो सुकै परिस्थितिमा पनि आफू नगरवासीको सवालमा अत्यन्तै सम्वेदन्शिल रहेको र आफुले सक्ने हर सम्भव प्रयास जारी राखेको मेहताको भनाइ रहेको छ । साथै हाल जुन देशमा रहे पनि बसि आएको ठाउ मा सुरक्षित बसोबास गरि धेर्य राख्न वहाले नगरवासी संग आग्रह गरेका छन ।