रौतहटमा थप १० जनामा कोरोना पुष्टि,संक्रमित संख्या २९१ पुग्यो

346

रौतहट ।। देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन् । एकै दिन १० जना संक्रमित भेटिएपछि रौतहटमा चेकजाँच कडा पारिएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमितहरु सामान्य अवस्थामा रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।

रौतहटमा देखिएका कोरेना भाइरस संक्रमित १० जना लकडाउनकै समयमा भारतबाट नेपाल फर्किएको पाइएको छ। राजपुर नगरपालिकाका – ७ जना र ईशनाथ नगरपालिकाका ३ जना उनीहरु लकडाउनकै बेला भारतबाट फर्किएका थिए।

राजपुर नगरपालिकाका सात जना गएको वैशाख ३१ गते भारतको मुम्बईबाट फर्किएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक खुरसेद आलमले जानकारी दिए। उनीहरु मुम्बईस्थित भिमन्डीबाट ट्रकमा चढेर नेपाल भारत सिमानाकामा आई त्यहाँबाट ९ जनाको समुहमा पैदल हिडेर नेपाल आएको आलमले बताए।

Image may contain: text

‘उनीहरु मुम्बईबाट ट्रकमा चढेर नेपाल भारतको सिमा नजिकै १५ किलोमिटर पर भारतमै आर्लेका थिए’, आलमले भने, ‘त्यहाँबाट उनीहरु ९ जनाको समूहमा हिँडेर नेपाल आएका थिए।’ मुम्बईबाट आउन उनीहरुले जनही ४ हजार रुपैयाँ भाडा तिरेर आएको आलमको भनाइ छ।

रौतटहस्थित बन्जारा नाकाबाट छिर्दै गरेको अवस्थामा उनीहरुलाई नाकामा खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकाकै वडा नम्बर ९ मा रहेको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका उनीहरुको गत जेठ २ गते पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको क्वारेन्टाइनका फोकल पर्सन समेत रहेका आलमले बताए। यस्तै ईशनाथ नगरपालिकाका तीनजना पनि केही दिनअघि भारतबाटै फर्केका थिए। उनीहरुलाई पनि भारतबाट फर्के लगतै सिधै क्वारेन्टाईनमै राखिएको थियो।

क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरि पिसिआर परिक्षण गरिएकोमा राजपुर नगरपालिका वडा नम्बर ९ फहदवा टोलका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ का २८, ३०, ३३ बर्षिय पुरुषहरु छन्।

योसँगै रौतहटमा संक्रमितको संख्या १३ पुगेको छ। रौतहटको ईशनाथ राजपुर, बृन्दावन र देवाही गोनाही नगरपालिकामा कोरोना संक्रमितहरु भेटिएका छन्।