प्रहरी चौकिमा मन्दिरा पार्टी पछि प्रहरी जवान खड्काको रहस्यमय मृत्यु।

1916

खगेन्द्र हमाल

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी सिम्ता गाउँपालिका वडा न.३ आग्रीगाउँ देउलीडाँडामा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको रहस्यमय हत्या भएको छ।सोमबार राती ड्यूटीमा बसेका प्रहरी जवान नरेन्द्र खड्का नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए।राती ड्यूटी बसेका मृतक खड्काको लास प्रहरी चौकीदेखि टाढा जंगलमा फेला परेको हो थियो।कञ्चटमा गोली लागि मृत अवस्थामा फेला परेका प्रहरी जवान खड्काको रहस्यमय हत्या भएको यतिबेला व्यापक अनुमान भैरहेको छ।पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का २०७७ बैशाख २९ गते सोमबारदेखि सम्पर्क विहीन रहेको प्रहरी चौकिले जानकारी दिएको थियोे।२०७७ बैशाख ३० गते मङ्गलबार बिहान चौकीदेखि अन्दाजी ५०० मिटर टाढा पेस्तोलसहित उनी मृत अवस्थामा भेटिएका थिए।

प्रहरी चौकिले एक थान पेस्तोल र सात राउण्ड गोलीसहित उनी ड्यूटीबाटै फरार भएको भनिएपनी चौकी ईन्चार्जसंग हुनुपर्ने पेस्तोल कसरी प्रहरी जवानले लिए भन्ने कुराको यतिबेला जनमानसमा ब्यापक शंका भैरहेको छ।मृतक अवस्थामा फेला परेका नेपाल प्रहरीमा कार्यरत जवान नरेन्द्र खड्काले अात्महत्या नगरेकाे उनका दाजु याम बहादुर खड्काले दावी गरेका छन।घटनास्थलमा पुगेका उनले अाफ्नाे भाईलाई षड्यन्त्र गरि मारिएकाे भन्दै उनी कार्यरत प्रहरी चाैकि नै यसको जिम्मेवार रहेको बताए।प्रहरी चौकी भित्र मन्दिरा पार्टी गर्न मिल्छ?प्रहरी चौकी ईन्चार्ज संग हुनुपर्ने पेस्तोल एकजना सिपाहीसंग कसरी अायाे?संगै बसेर मदिरा पार्टी गरेका प्रहरी जवान एकाएक कसरी फरार भए?फरार भएकै भए तत्काल जिल्ला प्रहरी कार्यलय सुर्खेत र फरार जवानका घरपरिवारलाई किन जानकारी गरिएन?फरार भैसकेपछी निज ब्यक्तिको खोजी किन गरिएन?बिहान मृतकका घरपरिवारलाई गम्भीर घाइते भएको किन जानकारी दिईयो?भन्दै घटनास्थल अवलोकन गर्दा अन्यत्र कतैबाट हत्या गरि ल्याएर फालिएको प्रष्ट देखिने जानकारी दिदै अरु थुप्रै वस्तु स्थितिले पनि अात्महत्या पुष्टि नगर्ने वताए।हातमा पिस्तोल समाईरहेकाे र खुट्टामा लगाएकाे चप्पल समेत नखसेकाे देखिएकाेले थप शंका गर्ने थुप्रै ठाउँ रहेको उनले वताए । उनले सत्यतथ्य अनुसंधान गरि दाेषीमाथि कडा भन्दा कडा कारबाही नगरे आन्दोलनमा उत्रिने जानकारी दिए।

हामिलाई प्राप्त गोप्य सूचना अनुसार त्यो दिन उक्त प्रहरी कार्यलयले मदिरा पार्टीको भब्य आयोजना गरेको थियो।एक ग्लेन लोकल रक्सी र एउटा लोकल कुखुराको व्यवस्था भएको एकजना स्थानीयले बताए।घटनाको अनुसन्धान गर्ने समितिको भूमिकाप्रति स्थानीयबासीन्दा तथा आफ्न्तहरुले ब्यापक आक्रोश व्यक्त गरेका छन् ।घटनाको सम्पुर्ण प्रकृति, मृतकको अवस्था, घटनास्थल नजिकैका व्यक्तिहरुलाई सोधपुछ नगरेपछि प्रहरीको छानविन टोलीमाथीनै यतिबेला ब्यापक आशंका भैरहेको छ।प्रहरी जवानको गोली लागि मृत्यु भएको घटनाको छानविनका लागि गठन भएको प्रहरी छानविन समिति वास्तविक अनुसन्धान गर्नुभन्दा पनि ढाकछोप कसरी गर्ने भन्ने तर्फ केन्द्रित भएको लागेको स्थानीय बासिले जानकारी दिए।मृतकका दाजु यामबहादुर खड्काले भने शान्ति सुरक्षा दिन खटिएका प्रहरीले आफ्नै हतीयारको सुरक्षा गर्न सक्दैनन भने सर्वसाधारण जनताले अब प्रहरीवाट के आस गर्ने। चौकी इञ्चार्जको पेस्तोल कसरी जवानको हातमा पुग्यो?ढाडमा निलडाम कसरी भयो?बायाँ छातीमा सानो प्वाल र दायाँ छातीमा ठूलो प्वाँल कसरी भयो?आत्महत्या गरेको व्यक्तिको हातमा पेस्तोल कसरी रहन सक्छ ? यदि उसले आत्माहत्या नै गरेको थियोे भने पेस्तोल हातमा समातेर कन्चडमा हान्दा कमसेकम पेस्तोल कम्तीमा २ मिटरको दुरिसम्मा हुनुपर्ने र मृतक ब्यक्ति घटना घटेको ठाउँ भन्दा केहि दुरि टाढा हुनुपर्ने हुदा उक्त आसको अवस्था प्रकृति हेर्दा ठ्याक्कै विपरीत देखिएकोले घटना शंकास्पद छ रहेको बताए।

उक्त घटनापछि बनेको छानविन समितिको भूमिकाप्रति आक्रोश व्यक्त गर्दौ खड्काले भने छानविन समिति बनेपछि प्रहरी चौकी इन्चार्जसहित सबै निलम्बित भएर अनुसन्धान बढ्नुपर्नेमा सबैलाई उही चौकीमा राखेर छानविन भएकोप्रति थप आशंका उत्पन्न भएको उनले बताए।यस छानविन समितिले निस्पक्ष रुपमा छानविन कदापि गर्न नसक्ने भन्दै मृतकका दाजु खड्काले सिआइवी, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायत विभिन्न नागरिक समाजका अगुवाइ लगायतका सबैलाई यस अनुसन्धानलाई निस्पक्ष रुपमा गरिदिन अनुसन्धान गर्न सहयोग गरिदिनहुन आग्रह गरेका छन् ।उक्त घटनामा प्रहरी चौकी कमाण्डरको पेस्तोल प्रयोग हुनु, घटना स्थल नजिकै पेस्तोलका गोलीका खोका नभेटिनु, घटना स्थलमा मृतकको दाइने हातमा तीन औलाले पेस्तोल समाएकै अवस्थामा मृतक उत्तानो परेर सुतेको, दुवै खुट्टामा चप्पल लगाएको, हात दुवै सिधा बनाएको, दाइने कन्चटमा पेस्तोलको गोली लागेर बाँयाँबाट निस्केको, घटना स्थलमा मृतकले कुनै हलचल नगरेर सुताएको जस्तो देखिएकाले घटनामा थप आशंका उत्पन्न भएको मृतकका दाजु खड्काले जानकारी दिए । गोली लागेपछि उसको छटपटाहट नहुनु, खुट्टामै दुवै चप्पल देखिनु, मृतकको लास भएको स्थानमा एकदम थोरै मात्र व्लड देखिएपछि घरपरिवारसमेत सशंकित भएको उनको भनाई छ । मृतकको घटना स्थलमा उत्तानो परेर सुतेको, दायाँ हातमा पेस्तोत, दायाँ कन्चटमा गोली लागेको र बाँयाँ हाततिर मृत लासको टाउकोको अनुहार फर्किएको अवस्थामा रहेको धेरै प्रत्यक्षदर्शीहरुको भनाई छ ।

छानबिन समिती नै शंकाको घेरामा

गठित छानविन समितिले गरेको भूमिकाप्रति आशंका रहेको प्रहरी चौकी नजिकैका स्थानीयबासिले जानकारी दिए।स्थानीयले भने घटनास्थल नजिकका हामीसंग छानविन समितिले सोधपुच्छ गरेन।घटना स्थलभन्दा धेरै टाढाका असम्बन्धित मान्छेहरुलाई घटना बारेमा सोधपुछ गरिएको छ जसलाई घटनाको बारेमा कुनै जानकारी छैन।घटना भएको साँझ ४-५ बजेको समयमा सामान किन्न पसलमा आएका मृतक प्रहरी जवान नरेन्द्र खड्काले माथि कुर्ति र तल जिन्सको कपडा लगाएको स्थानीय बासिले जानकारी दिए।उनले भने घटना स्थलमा देखिँदा उनको कपडा परिवर्तन देखिएको छ ।
घटनाका सम्बन्धमा राती १०/११ बजे चौकी नजिकै पट्कीएको आवाज सुनेको, लाइट बालेर होहल्ला गर्दै प्रहरी चौकीका अन्य प्रहरीहरु वरपर धौडधुप गरेको नजिकै रहेका अन्य स्थानीयले देखेको बताएका छन् तर उनीहरुसंग प्रहरीको छानविन टोलीले बयान नलिएरै केही व्यक्तिको मात्रै कुरा सुनेर फर्किएको छ । छानविन समितिले असम्बन्धित मान्छेहरुसंग वयन लिएर, सोधिखोजी गरेर उनीहरुबाट बनावटी टिपोट गरेको स्थानीयको आरोप छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । मृतकका आफन्तले घटना ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेपछि प्रदेश प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश बाँस्तोलाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाले समितिले छानविन समितिले अनुसन्धान गर्दैछ । घटनाको प्रारम्भिक र विस्तृत अनुसन्धान प्रतिवेदन, पोष्टमाटम रिपोर्ट आएपछि मात्रै वास्तविकता भन्न सकिने बताए । उनले घटनाको प्रकृति र प्रारम्भिक अनुसन्धाबाट प्रहरी जवानको आत्महत्या जस्तो देखिने बताए । गोलीको खोका घटनास्थल नजिकै नभेटिएको विषयमा उनले गोली पट्केको स्थानबाट उछिट्टीएर खोका १०/१५ मिटर टाढा पुग्ने भएकाले खोजी भैरहेको बताए।