पर्साको लंगडी एक युवक आफ्नै घर भित्र मृत अवस्थामा फेला

314

धर्मेन्द्र प्रसाद यादव पर्सा .वैशाख २९// पर्साको धोबनी गाउपालिका वार्ड नः ४ लंगडीमा आफ्नै घर मृत अवस्थामा एक युवकको शव फेला परेको छ / मृत्यु हुने लंगडी गाँऊ निवासी सुदर्शन तिवारीको ३५ वर्षिय छोरा मुकुल तिवारी रहेको छ /बिहान स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछि घटना स्थलमा इलाका कार्यालय लंगडी र पोखरिया ले घटना स्थल मा पुगी मुचुल्का उठाई शव लाई पोस्टमार्टमा को लागि नारायणी अस्पताल वीरगंज मा पठाईएको इलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक चन्द्र सिंह ले जनाएका छन /मृत मुकुल तिवारीको श्रीमती ,एक जना छोरा र एक जना छोरी रहेको र तिनै जना भारत मा लकडाउन मा परि दुई महिनादेखि माईतेरहेको छ / तिवारीले लंगडी गाउमा सानो रेडीमेन्ट को पसल थपेर बस्दै आइरहेको थियो /लकडाउनले गर्दा पसल बंद भएको कारण आर्थिक अवस्था दयनीय हुदै गएको र खानपिन मा समस्या रहेको उता श्रीमती ,छोरा छोरी ससुरालीमा नै रहेको कारण सिमा नाका आवतजावत मा रोक लगाएको कारण तनावले गर्दा मृत्यु हुने अशंका गरिएको छ