दया फाउन्डेशन र भीसिएन नामक संस्थाद्वारा राहत सामाग्री वितरण

257

राजन कुमार बानिया पोखरिया १० जेठ पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ को गम्हरीयाटोलमा रहेका अति विपन्न , गरीब , धांगड़(उराँव)समुदायका परिवारलाई राहत सामाग्री वितरण गरीएको छ । दया फाउन्डेशन को आर्थिक सहयोग तथा भीसिएन नामक संस्थाको समायोजनमा गम्हरीयाटोलका गरीब , लोपुन्मुख अति विपन्न ३६ परिवारलाई राहत सामाग्री वितरण गरीएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो । लकडाउन भएको समयदेखी नै दैनिक ज्यालादारी गर्ने मजदुर , अति विपन्नहरु मारमा परेको उक्त टोलका मजदुर , गरीब , अति विपन्न समुदायका स्थानीयले स्थानीय तह , प्रदेश सरकारको तर्फबाट राहतको नाममा हालसम्म केही पाएका थिएनन् । स्थानीय केही युवाहरुले गाउँमा कोरोनाको माहामारी भन्दा भोकमरीले मर्ने अवस्था सिर्जना भएको भन्दै सहयोगको आग्रह गरेपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा भिसीएन नामक संस्थाले ३६ परिवारलाई राहत सामाग्री वितरण गरेको हो । राहत सामाग्रीमा १५ किलो चामल , दाल , आलु , तेल , नुन , हात धुने साबुन लगायत रहेको सामाजिक अभियन्ता थारुले बताउनुभयो । भीसीएन नामक संस्थाका अध्यक्ष दिपक चापागाई र उपाध्यक्ष राधा मतांगीले गरीब परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको हो । सामाजिक अभियन्ता थारुले वडा नम्बर १ को गम्हरीयाटोलमा राहत बाडीएपनि उउक्त टोल वरीपरीका बेल्डारी ,पकडीटोला लगायतका स्थानमा अझ सम्म पनि स्थानीयहरुले राहतको नाममा केही नपाएको र सहयोगको आवश्यक्ता रहेको बताउनुभयो