कोरोना निको भएका युवक पुन अाईसोलेसनमा

542

अमित ठाकुर।रौतहट।बैशाख २१। ईशनाथ नगरपालिकाका वडा नंबर ५ का १९ बर्षीय युवक कोरोना निको भएपछि घर फर्किएको युवक पन अाईसोलेसनमा पुगेका छन्। बिश्वब्यापी फैलिका कोरोना भाईरस अर्थात् (कोभिड १९) बाट जोगिन सरकारले लगाएको लकडानमा सो युवक दिल्लीबाट लकडाउनलाई अभाज्ञा गर्दै चैत्र १६ गते अाफ्नो घर फर्किएको थियो। घर अाए बितिकै सो युवकको परिवारले प्रहरीलाई खबर गरि क्वारेन्टाइनमा पढाईएको थियो। गत १ गते सो युवकको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भए लगत्तै थप उपचारका लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको अाईसोलेसनमा उपचारत थियो। उपचार पछि सो युवक निको भएको भन्दै उपचारत भार्तीय जमातीका साथ ती युवकलाई पनि गत हप्ता डिस्चार्ज गरेको थियो। सनिवार राति स्वास्थ्यकर्मीका साथ उपचारतका लागि अस्पताल ल्याईएको थियो। सो युवकको रिपोर्ट संकास्पद भएपछि पुन उपचारका लागि बिरगंज स्थित नारायणी अस्पतालमा ल्याईएको हो। डिस्चार्ज भए पछि पनि उनको थ्रोट स्वाब पुन: परीक्षणको लागि लिइएको थियो।

अघिल्लो सामग्रीसंकटको वेला विपन्नलाई राजनको राहत
यसपछिको सामग्रीलकडाउन जेठ ५ गतेसम्म
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।