सार्वजनिक गरे राहतको खर्च विबरण

336

रौतहट । रौतहटको परोहा नगरपालिकाले कोभीड़ १९ बाट प्रभावित भएका बर्गहरुलाई पहिलो चरणको राहत वितरण संपन्न गरेको छ ।
नेपाल सरकारको निर्देशनमा प्रदेश सरकारले निर्धारण गरेको मापदंड अनुसार विपन्न गरीव तथा असंगठित क्षेत्रमा कार्य गर्ने श्रमिक मजदुर लाइ राहत वितरण गरी खर्च समेत सार्वजानिक गरेको छ । नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत ओम प्रकाश यादवले राहत वितरण मा भएको खर्चको विबरण सामाजिक संजाल मार्फत सार्वजानिक गरेका हुन ।
विश्व भरीमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मानव जीवन कस्टकर बन्दै गएको बेलामा प्रदेश सरकारले उपलब्ध गराएको रकम तथा नेपाल सरकारको निर्देशनमा नगरपालिकाको लागतमा वितरण गरिएको २ हजार ७ सय ५० घरधुरीको विबरण सार्वजनिक गरिएको छ ।
नगरपालिकाले ३२ लाख ५८ हजार ७ सय ५० रुपैया बरावरको खर्च गरेको छ । चामल १५ किलो , दाल २ किलो , खानेतेल सूर्यमुखी १ लीटर , नून १ किलो , र स्वाविन ५ सय ग्राम सहितको ११ सय ८५ रुपैयाको पैकेज बनाएर लक्षित वर्गलाइ उपलब्ध गराइएको प्रमुख प्रसाशकीय अधिकृत यादवले बताएका छ ।
यादवका अनुसार वड़ा नम्बर १ मा २२५ , वड़ा नम्बर २ मा २५१ , वड़ा नम्बर ३ मा ३४७ , वड़ा नम्बर ४ मा २९१ , वड़ा नम्बर ५ २१९ ,वड़ा नम्बर ६ मा २५२ , वड़ा नम्बर ७ मा ३३० ,वड़ा नम्बर ८ मा ३१३ ,वड़ा नम्बर ९ मा ३८० , क्वारेंटाइनमा बसने २६ जनालाइ तथा विभिन्न व्यक्ति मठ मंदिर गरी १६ लाइ राहत वितरण गरिएको छ ।

विकास समृद्धिको सोच लिएर अघि बढ़ने नगर प्रमुख शेख वकीलले नगरपालिकाले नगर भित्रका नगरवसिको प्रति एकरूपताका साथ सामान व्यव्हार गर्दै आएको बताएका छन । आफ्नो नगरका जनतालाइ यो विपदीको बेला कसरी जोगाउन सकिने भनी चिन्तित रहेको बताउँदै नगर प्रमुख वकीलले कोभीड़ १९ को संक्रमणबाट बच्न लकडाउन र सामाजिक दुरी एक मात्र विकल्प रहेको जिकिर गरे ।
भोली शनिबार देखि शुरू हुने रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै पर्व घर मै सामाजिक दुरी बनाएर मनाऊंन समेत आग्रह गर्दै मेयर वकीलले महामारीको बेला सहकार्य र सहयोगको आवश्यकता रहेको जोड़ दिए ।