‘लकडाउन’काे बेलामा गरूडा नपाले ५७४ अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी परिवारलाइ खाद्यान्न वितरण

313

रौतहट ८ बैशाख। विश्वब्यापी रूपमा फैलिरहेकाे काेराेना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका पार्जन गरिरहेकाे परिवारलाई गरुडा नगरपालिकाले अाज बसबिट्टि जिंडीयामा खाद्यान्न वितरण सुरु गरेको छ ।

Image may contain: one or more people, people standing, people sitting and outdoor

गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलामको व्यवस्थापनमा गरुडा नगरपालिकाका वड नं. ८ बसबिट्टि जिंडीया टोलमा रहेको ५७४ अतिविपन्न घरपरिवारलाई गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादवदुरा खाद्यान्न वितरण गरेका हुन् ।

Image may contain: one or more people, people standing and outdoor

गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल,१ चिनी, १ लिटर खाने तेल, १ किलो नुन वितरण गरेको निमित प्रमुख प्रशासकिय अधिकृत आलामले बताएका छन ।

Image may contain: one or more people, people standing and outdoor