रौतहटमा कोरोना संक्रमितलाई उपचार गर्ने अस्पताल भेटिएन

515

१ वैशाख, रौतहट । कारोना भाइरस (कोभिड–१९) बाट संक्रमित युवकको जिल्लामा उपचार नहुने भएको छ ।

जिल्लाका अस्पतालहरुमा आइसोलेसन वेड नभएकाले उनलाई कहाँ भर्ना गरेर उपचार गर्ने भन्ने समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेकाअनुसार उनलाई नजिकैको कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

रौतहटका जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण साहले पनि उनको जिल्लामा उपचार हुन नसक्ने बताए । ‘कोभिड १९ को उपचारका लागि जनशक्ति र उपकरण छैन । त्यसैले नजिकैको कोभिड अस्पतालमा लैजानुपर्ने हुन्छ’ उनले भने ।

सरकारले जानकी, जनकपुर र वीरगञ्जको नारायणी अस्पताललाई कोभिड अस्पताल तोकेको छ ।१६ दिन पहिला भारताबाट आएका १९ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ ।

onlinekhabar.com