रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कारी गर्ने अन्सारी पक्राउ

440

प्रभातकुमार झा
रौतहट, ५ बैशाख ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी १० बर्षिया नबालिकालाई ५५ बर्षिय अधबैशे पुुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
लकडाउनको अवधीमा तिन जना बलात्कारीको घटना भएको प्रहरीले जनाएका छन् । फतुुवा बिजयपुर नगरपालिका वडा नम्वर ५ बस्ने वारिस अन्सारीले सुुस्त मस्थिति भएकी बालिका विहिवार राति १२;१ बजेको समयमा शौच गर्न घर बाहिर निस्केको अवस्थामा बलात्कार गरेको हो ।
अन्सारी घात लगाएर घर बाहिर बसिरहेकै वेला बालिका शौच गर्न बाहिर आउदा जबरजस्त समातेर फकाउदै आफुु सुत्ने गोठमा लगेर करणी गरीरहेकै अवस्थामा बालिकालाई खाज्दै निस्केकी ण्पिडिताकी आमाले रंगैहात पक्राउ गरिन । तर पिडिताकी आमालाई धकेल्दै अन्सारी त्यहाँबाट फरार भएका ।
घटना लगतै पिडिताकी आमाले गरेको खबरको आधारमा ईलाका प्रहरी कार्यालय बिजयपुरका ईन्सपेक्टर चन्द्रकिशोर साहको कमाण्डमा खटेको टोलीले गाँउको घेरा हालेर खोज तलास सुुरु गरे । घटनाको झण्डै ३ घन्टा पश्चात गाँउकै एकघरमा लुकेर बसेको अवस्थामा बिहान ३ बजेको समयमा बलात्कारको अन्सारीलाई पक्राउ प्रहरीले जनाएको छ ।
पिडित बालिका र पिडकको आज जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण गरिएको छ । पिडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबरदस्ती करणी बारे मुद्दा दर्तागरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थप गरेर अनुुसन्धान प्रक्रिया अगाडी बढाईएको इप्रका बिजयपुरका इन्सपेक्टर साहले बताए । यसअघि लकडाउन सुुरुभए यता चैत ११ पछि रौतहटमा ३ वटा बलात्कारको घटना भईसकेको छ जसमा दुई जना आरोपित समातिएको प्रहरी श्रोतबाट बुझिएको छ ।