भेला भई नेमाज पढ्न युवाहरुद्धारा प्रहरी माथी हातपात , ३ जना मुस्लिम युवा पक्राउ

535

रौतहट, २८ चैत । जिल्ला प्रशासन कार्यालय रौतहटले सुचना जारी गरेर कोरोना भाइरसको महामारीको अवस्थामा कुनैपनि बासिन्दाहरु घर बाहिर वा समुहमा बसेर धार्मिक कार्यक्रम नगर्न आग्रह गरेपनि रौतहटको एक मस्जिदमा संयुक्त रुपमा नेवाज पढिरहदा रोक्न खोज्दा मुस्लिम समुदायका युवाहरुद्धारा प्रहरी माथी हातपात गरिएको छ ।
मुस्लिम समुदायको पर्व सब–ए–वारातको संध्यामा बिहिवार साँझ रौतहटको परोहा नगरपालिकाको तेजापाकड गाउँ स्थित मस्जिदमा समुहगत रुपमा भेला भई नेमाज पढ्न थालेको खवर पाउना साथ उक्त कार्य नगर्न सम्झाउन गएका प्रहरी माथि हातपात गरिएको हो । तेजापाकड गाउँमा रहेको मस्दिजमा सैयौको संख्यामा मुस्लिमहरु जम्मा भएर नेमाज पढीरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंह उपर मुस्लिम समुदायका युवाहरुले हात पात गरेका छन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी बैशाख ३ गते सम्मको लागि बन्दाबन्दी (लकडाउन) को घोषणा गरेका छन् । लकडाउनको अवधिमा औषधी पसल बाहेक सबै ब्यापार ब्यवसाय बन्द छ, सबै सवारीसाधन ठप्प रहेको छ, सरकारले घर बाहिर ननिस्कन जनता संग अपिल गरेको छ । तर यसै अवधिमा गएराती ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकड स्थित एउटा मस्जिदमा सयौ मानिस नेमाज पढीरहेका थिए ।
बिषेश सुचनाको आधारमा प्रहरी चौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न आग्रह गर्दा हाम्रो पर्वमा खलल पुर्याउने भन्दै हातपात गरेको बताइएको छ । असई सिंहले लकडाउन उलंघन नगर्न भिडले कोरोना भाईरसको संक्रमण बढनसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथी हातपात गरे । घटनालगतै जिल्ला प्रहरी कार्यालय गौरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलो संख्यामा परिचालन पछी तेजापाकडको अवस्था साम्य भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
असई सिंह माथी हातपात गरेको आरोपमा मस्जिदबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा ३ का २६ बर्षिय कलाम अन्सारी, १७ बर्षिय साजिद अन्सारी र बर्ष १६ का लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताए । पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरी मुद्दा चलाउने तयारी भईरहेको जानकारी दिए ।
कोरोना भाईरसको महामारीबाट नेपाली जनतालाई जोगाउन स्थानीय प्रशासनले घर भित्र रहन तथा पर्वको समयमा पनि घर भित्रै सिमित रहेर मनाउन दुई दिन अघि आग्रह गरेको बताउदै रौतहट प्रहरीका एसपी यदी स्थानीय प्रशासनको आग्रहलाई अटेरी गरेर उलंघन गरेमा कानुन वमोजिम कारवाही गरिने सार्वजनिक सुचना प्रवाह गर्दा समेत यस प्रकारको घटना हुने अत्यन्तै निन्दनिय रहेको हुँदा घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गरिने उनले स्पष्ट पारे ।