प्रदेश नं १ मा कोभिड–१९को संख्या २८ पुगियाे

203

काठमाडौं । प्रदेश नं १ मा कोरोना संक्रमिको संख्या २८ पुगेको छ ।पछिल्लो परीक्षणमा दुई महिलासहित पोजेटिभको संख्या २८ पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुकोे उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना संकलन गरी परीक्षण गरिएको हो ।उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रदेश नं १ मा हालसम्म ८ सय २३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दु्रतगतिको आरडिटी विधिबाट ३ हजार ५ सय ९२ जनाको रगतको नमूना संकलन गरिएको छ  । प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन कक्षमा ३४ जना र क्वारेन्टाइनमा १ हजार ७० जना छन् ।इमेजखबर