परोहा नगरपालिकाद्धारा अनाथलयलाइ सहयोग

237

रौतहट ,२६ चैत । रौतहट जिल्लाकोे परोहा नगरपालिकाले गरुडामा रहेको अनाथलय संचालनका लागी अक्षयकोषमा पाँच लाख जम्मा गरेको छ ।
परोहा नगरपालिकाका जनप्रतिनिधि मेयर शेख वकिल लगाएतले गरुडामा रहेको बंशिराम जयसवाल अनाथलयका लागी गतबर्ष दुइलाख ५० हजार र यस आवमा दुइलाख ५० हजार जम्मा गरेका हुन ।
अनाथलयमा हाल ३३ जना अनाथ वालवालिकाहरु रहेका छन । मंगलवार एक कार्यक्रमका बिच संचारकर्मी , समाजसेवी को रहोवरमा परोहा नगरपालिकाको प्रमुख प्रशासकिय अघिकृत ओम प्रकाश यादब ले अनाथलयका सस्थापक बंशिराम जयसवाल लाइ चेक हस्तान्तरण गरेको अनाथलयका व्यवस्थापक हृदय कुश्वाहले जानकारी दिएका छन ।