परोहा नगरपालिकाको खाद्यान्न सामाग्री राहत घर घरमा आज देखि नगरभरिका २२ सय असहाय परिवारलाई वितरण मेयर वकिल

253

अभिमनु कुमार पटेल, रौतहट, २० चैत । परोहा नगरपालिकाले आज देखि आफनो नगरभरिको गरिब, असहाय र मजदुर परिवारहरुलाई विभिन्न खाद्यान्न सामाग्री वितरण सुरु गरिएको छ । कोभिड १९ नोबेल कोरोना भाईरसको कारण बढी संख्यामा नेपाली नागरिक संक्रमित हुन नदिने उदेशले देश नै लकडाउन भएको आज १० औं दिन पुगेको हुदा दैनिक मजदुरी गर्ने मजदुरका परिवारलाई चुलो चल्ने गरी परोहा नगरपालिका संकटको वेलामा जिल्लाकै सबभन्दा पहिलो पटक ठूलो संख्यामा खाद्यान्न सामाग्री वितरण गरिएको छ । नेपाल नगरपालिका संघ प्रदेश नं २ का सभापति तथा परोहा नगरपालिकाका मेयर शेख वकिलले लकडाउनलाई मध्यनजर गर्दै नगरको वडा नं १ देखि ९ सम्मको गरिब, ज्याला मजदूरी तथा दलित परिवारको नामावली लिस्ट टोल टोलमा कर्मचारी र जनप्रतिनिधिहरु मार्फत संकलन गरी उहाँले बिशेष राहत प्याकेज तयार पारी आज देखि घर घरमा पुगेर खाद्यान्न सामग्री वितरण गरेका छन । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशमा ‘लकडाउन’ गरेपछि अति विपन्न, गरिव तथा दलित परिवारहरु समस्यामा परेको अवस्थालाई दृष्टिगत गर्दै आफुहरुले उनीहरुलाई खाद्यान्न उपलब्ध गराउन जुनसुकै कदम वा कष्ट सहन तयार रहेको हुन । उनले यस्तो संकटको अवस्थामा कुनै राजनीतिक पुर्वाग्रह नराखि सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, विभिन्न निकाय, संघसंस्था, नागरिक समाज लगायतलाई यस तर्फ अग्रसर हुन आग्रह समेत गरे । लकडाउनका कारण दैनिक छाक टार्नसमेत समस्यामा परेका नगरपालिकाका ९ वटा वडामा गरीब मजदूरहरुलाई बिशेष ध्यानमा राखिने मेयर वकिलले बताए । लकडाउनको असर गरिब, दलित र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुमाथि बढी परेकोले उनीहरुलाई खाद्यान्नको अभाव भइरहेका बेला आफूहरुले स्थानीतबाट हुने सहयोग कार्य निरन्तरण जारी रहेको छ । अति विपन्न २२ सय घरपरिवारलाई चामल १५ केजी, दाल २ केजी, आलु, खानेतेल १ लिटर, आयो नुन १ केजी र सोयाबिन २ केजी सहितका खाद्यान्न सामग्री वितरण गरिएको उनले बताए । उनले सामाजिक दुरीको ख्याल गर्दै व्यवस्थित तरिकाले राहत बाँडिएको हो । हरेक परिवारलाई मास्क र साबुन समेत वितरण गरिएको छ । पहिलो चरणमा वडा नं ४ लौहाका टोलबाट सुरु गरि प्रत्येक वडामा आजै देखि संकलन तथ्यांक नामावली अनुसारको व्यक्तिहरुको घर घरमा पुगेर राहत बाडने मेयर वकिलले बताए । राहत वितरण कार्यमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, प्राविधिक ईन्जिनीयर दिपेन्द्र यादव, वडा नं ४ का अध्यक्ष जवाहरलाल यादव, स्वास्थकर्मी र प्रहरी लगायत समाजिक स्थानीयको सहभागिता रहेको थियो ।