गौर नपाद्धारा सिसवामा दलित, अति गरिव विपन्न घर परिवारलाइ राहत वितरण

548

रौतहट ।। कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ ।

आज शनिवार गौर नपा.को वार्ड नं. १, ७ र ९ मा करिव सयाै चमार, दलित बस्तीका गरिव परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख अजय कुमार गुप्ताले जानकारी गरएको छ ।

वार्ड नं. १ दलित बस्ती, वार्ड नं. ९ का दलित, अति गरिव विपन्न घर परिवारलाइ र वार्ड ७ सिसवामा दलित, अति गरिव विपन्न परिवार १ सय २५ घर परिवारलाई आज शनिवार एकै दिन राहत वितरण गरिएको नगर प्रमख अजय कुमरा गुप्ताले बताए ।

नगरप्रमुख गुप्ताको अनुसार, तिनटै वार्डका सयाैं परिवारलाई चामल १० कोलो ,दाल डेढ किलो , खाने तेल ५ सय ग्राम , आलू ३ किलो , नून १ किलो र साबुन १ पीस वितरण गरिएको हो ।

कोभीड़ १९ को संक्रमण नियंत्रण गर्ने उदेश्यले नेपाल सरकारले देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरीव मजदुर विपणन परिवारलाइ दैनिक जीवन कठिन भएकोले गौर नगर क्षेत्रमा नगरपालिकाले खाद्यान्न सामग्री वितरण गरि रहेको नगरप्रमुख गुप्ताको भनाई रहेको छ ।

लाक डाउन र निषेधाज्ञाको कारण काम काज ,पसल ,व्यापर , निर्माण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवारलाइ छक टार्न धौ धौ परिरहेको बेला नगर प्रमुख अजय कुमार गुप्ताले घर घरमा पुगेर राहत वितरण कार्यले चौतर्फि प्रसंशीत भएको छ ।