क्वारेन्टाइनमा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्किए

521

रौतहट २६ चैत । रौतहटको सदरमुकाम गौर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्केका छन् ।

क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएपछि चिकीत्सकहरुको सिफारिसमा उनीहरुलाई घर पठाईएको गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले जानकारी दिनुभयो ।

भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहदा सो क्षेत्रसँग सिमा जोडीएको गौर नगरपालिकाले विभिन्न नाकाहरु बाट संक्रमितहरु नेपाल प्रवेश गर्ने सम्भावना रहेको भन्दै विशेष निगरानी समेत बढाएको छ ।