गरुडा नगरपालिकाले अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी परिवारलाई खाद्यान्न

279

रौतहट ८ बैशाख। विश्वब्यापी रूपमा फैलिरहेकाे काेराेना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका पार्जन गरिरहेकाे परिवारलाई गरुडा नगरपालिकाले अाज जयनगरमा खाद्यान्न वितरण सुरु गरेको छ ।

गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलामको व्यवस्थापनमा गरुडा नगरपालिकाका वड नं. १ जयनगर टोलमा रहेको ४ सय अतिविपन्न घरपरिवारलाई गरुडा नगरपालिकाका नगर प्रमुख इनु राय यादवदुरा खाद्यान्न वितरण गरेका हुन् । गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल,१ चिनी, १ लिटर खाने तेल, १ किलो नुन वितरण गरेको निमित प्रमुख प्रशासकिय अधिकृत आलामले बताएका छन ।