गढीमाई नगरपालिकाले विपन्न गरीव ,ज्यालदारी परिवारलाई ९ सय राहत

357

रौतहट २५ चैत । गरेका छन । कोभीड़ १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको मारमा परेका विपन्न गरीव ,ज्यालदारी गरीव जीवन यापन गर्ने वर्ग समुदायलाइ खाद्यान सामग्री वितरण गर्ने प्रदेश सरकारको निर्देशन मापदण्ड अनुसार गढ़ीमाई नगरपालिकाले राहत वितरण गरेको हो । नगरपालिकाका ९ वटा वड़ामा राहत सामग्री वितरण गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन । प्रत्येक वड़ा वड़ामा १ सय घर परिवारका दरले ९ सय परिवारलाइ राहत वितरण गरिएको नगर प्रमुख यादवले बताए ।
२० किलो चामल , २ किलो दाल , १ किलो नूं ३ किलो आलू , १ लीटर खानेतेल , २ पीस साबुन र १ वटा सेनिटाइजर वितरण गरिएको छ । यो राहत वितरण कार्यलाई लकडाउन अवधिभरि जारी राख्ने नगरपालिकाले जनाएको छ । यदि लकडाउन नखुलेमा तथा अहिले विरतण गरिएको राहत सकिएमा पुन वितरण गर्ने तयारी नगरपालिकाले गरिरहेको बताइएको छ ।